
बाजुरा– बुढीगंगा नगरपालिको टाँटे स्वास्थ्य चौकिमा शुक्रबारदेखि निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । उक्त शिविरको नेपाल सरकारका कानुनी सल्लाहकार महान्यायधिबक्ता माननीय खम्मबहादुर खातीले उद्धघाटन गर्नुभएको छ । महान्यधिबक्ता माननीय खम्मबहादुर खातीको बिषेश पहलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको हो । नेपाल सरकार महान्यायधिबक्ताको कार्यालय रामशाह पथको सहयोगार्थमा संचालन भएको शिविरको आयोजना नेपाल ए.पि.एफ. अस्पताल बलम्बुले गरेको छ । शिविर शुधबारदेखि संचालन भई आईतबारसम्म अर्थात तिन दिन चल्ने भएको छ । शिबिरमा हाड जोर्नि तथा नसा रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ आँखा रोग सम्बन्धी सेवा दिइने भएको छ । नाक, कान, घाँटी रोग विशेषज्ञ छाला रोग विशेषज्ञ निशुल्क अल्ट्रासाउन्ड सेवा निशुल्क औषधी वितरण गरिने भएको छ । शिविरमा नि–शुल्क एक्स–रे सेवा निशुल्क इ.सि.जि सेवा लगायतका सेवाहरु आयोजकले जनाएको छ । शिविरमा सशस्त्र प्रहरी बल नेपालका बिषेषज्ञ डाक्टरहरुको सहभागिता रहेको छ ।

बढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहको अध्यक्षतामा संचालन भएको शिविरको प्रमुख अतिथि नेपाल सरकारका कानुनी सल्लाहाकार महान्यायधिवक्ता माननीय खम्मबहादुर खाती रहनुभएको थियो । कार्यक्रममा बुढीगंगा नगरपालिका नगर उप–प्रमुख तारा खाती, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल लगायतको सहभागीता रहेको थियो । टाँटे स्वास्थ्य चौकीका बिष्णु जोशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तब्य बुढीगंगा नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत कल्पना ठगुन्नाले गर्नुभएको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर