• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रियंकामाथि क्रिप्टोकरेन्सी प्रचारको आरोप : फेसबुकलाई पत्र लेख्दै सीआईबी

खप्तड मालिका न्युज March 25, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,११-  नेपाल राष्ट्र बैंकले करिब २ महिना अघिदेखि नेपालमा अवैधरुपमा कारोबार भइरहेको भर्चुअल मनी (क्रिप्टोकरेन्सी) माथि उच्च निगरानी राखिरहेको छ र यो अवैध रहेको भन्दै कारोबार नगर्न र नगराउन सार्वजनिक सूचना नै जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरी प्रहरीले पनि करिब २ महिनाको अवधिमा २ दर्जनभन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिसकेको अवस्थामा फेसबुकमा नेपाली कलाकारको फोटो राखेर एकाएक एउटा विज्ञापन आयो, क्रिप्टोकरेन्सीमा लगानी गरेकोबारे । ती कलाकार थिइन्, नायिका प्रियंका कार्की ।

नेपाल राष्ट्र बैंकले नै क्रिप्टोकरेन्सीमा सहभागी नहुन निर्देशन जारी गरिसकेको र क्रिप्टोको कारोबार गरे कारबाही हुने चेतावनी दिइसकेको अवस्थामा प्रियंका कार्कीको फोटो राखेर प्रियंका कार्कीले नै लगानी गरिसकेकी छिन् भनेर विज्ञापन आएपछि कसैले उक्त विज्ञापनको लिंक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीलाई पठाइदियो ।

त्यसपछि सीआईबीले कार्कीलाई आफ्नै कार्यालयमा बोलाएर बयान लियो, अनि प्रियंकाले प्रयोग गरिरहेको मोबाइल फोन जफत गरेर अनुसन्धानका लागि राख्यो । अहिले पनि सीआईबीले क्रिप्टोकरेन्सीको प्रचार गरेको सन्दर्भमा कार्कीमाथि अनुसन्धान गरिरहेको छ । ब्यूरोले गत चैत ६ गते कार्कीलाई कार्यालयमा बोलाएर बयान दिएको थिइन् ।

तर नायिका प्रियंका कार्कीले भने आफूलाई सीआईबीले अनुसन्धानका लागि बोलाएको वा बयान लिएको नभएर आफैँले सीआईबीमा उजुरी दिएको र त्यसपछि आफूलाई बोलाइएको भनेर केही सञ्चारमाध्यममा दाबी गरिरहेकी छिन् ।

सीआईबीका प्रवक्ता (एसपी) श्याम कुमार महतो भने कार्कीले सीआईबीमा त्यस्तो कुनै निवेदन नदिएको बताउँछन् । एसपी महतोले  भने, ‘उहाँको कुनै निवेदन आएको छैन ।’

‘इन्भिजिबल फ्रेन्ड्स’ नामको फेसबुक पेजमा उनको फोटोसहितको क्रिप्टोकरेन्सीबारे प्रचार गरिएको विज्ञापन भेटिएपछि ब्यूरोले त्यसबारे अनुसन्धान गरिरहेको छ । सो सामग्री सिंगापुरबाट अपलोड भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको ब्यूरोका एसपी महतोले बताए ।

अहिले पनि कार्कीले क्रिप्टोकरेन्सीमा लगानी गरेको बारेको विज्ञापन कतै कतै पाउन सकिन्छ । तर कार्कीले क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो फोटोको दुरुपयोग भएको दाबी गरेकी छिन् । आफ्नो ५ वर्ष पुरानो फोटो प्रयोग भएकोबारे आफूलाई कुनै जानकारी नभएको र त्यसबारेमा आफूसँग अनुमति नलिएको, क्रिप्टोकरेन्सीबारे आफूलाई कुनै जानकारी नभएको उनले बयान दिएकी छिन् ।

सीआईबीका अनुसन्धान अधिकृत समक्ष बयान दिँदै कार्कीले भनेकी छिन्, ‘मलाई यसबारे केही थाहा छैन, अनुसन्धानमा सघाउँछु ।’

‘इन्भिजिबल फ्रेन्ड्स’ नामको फेसबुक पेज प्रवेश गरेपछि इमेल आईडी वा फोन नम्बरमा आउने कोड नम्बरका आधारमा जो कसैले पनि सामग्री पोष्ट गर्न सकिने थाहा भएको छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने निर्देशन जारी गरेको छ । गैरकानुनी भनिएको क्रिप्टोको प्रचारात्मक विज्ञापन कसले अपलोड गरेको थियो भन्ने सम्बन्धमा अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् ।

अपलोड गर्ने युजरको पहिचान खुलेपछि फेसबुकलाई पत्राचार गर्ने ब्यूरोको तयारी छ । ब्यूरोका एसपी महतो भन्छन्, ‘अपलोड गर्ने युजरबारे प्राविधिक रूपमा अनुसन्धान गर्दैछौँ, युजर पत्ता लागेपछि फेसबुकलाई पत्राचार गर्छौँ ।’

नेपाल राष्ट्र बैंक ऐनको दफा ९५ अनुसार अवैध डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेमा बिगोको ३ गुणा जफत गरेर ३ वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । तर, बिगो जफत गर्न नसक्ने अवस्थामा १० लाख जरिवाना र ३ वर्ष कैद सजाय हुने व्यवस्था छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑