• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

दोर्दी बेसिनबाट १२२ मेगावाट विद्युत उत्पादन हुने

खप्तड मालिका न्युज March 25, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,११- लमजुङको दोर्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दोर्दी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेका ५ वटा जलविद्युत आयोजनाबाट यति विद्युत उत्पादन हुने भएको हो । निजी क्षेत्रको २४ अर्ब लगानीमा दोर्दी बेसिनमा ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२.५ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ र ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

निर्माणाधीन आयोजनामध्ये पनि माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला, दोर्दी–१ र माथिल्लो छ्याङदी ४ उत्पादन सुरु गर्ने तयारीमा छन् । आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन निर्माण पूरा नहुँदा निर्माण सकेपनि आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिन पाएको छैन । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रो पावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण करिब ८५ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । उक्त आयोजना कूल ९ अर्ब लागतमा निर्माण हुनेछ ।

२७ मेगावटको दोर्दी खोला जलविद्युत आयोजना ०७६ भदौ १५ गतेबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भएपनि भूकम्प, नाकावन्दी र बाढिका कारण विद्युत उत्पादनमा ढिलाई भएको हो । आयोजनाको ९९ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आयोजना कुल ४ अर्ब लगानीमा निर्माण भएको हो । लिबर्टी इनर्जीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाट आयोजना परिक्षणको चरणमा छ । यो आयोजना करिब ५ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ । आयोजना ०७५ मंसिरमा सक्ने लक्ष्यका साथ काम शुरु भएपनि भुकम्प, बाढी र कोभिडका कारण विद्युत उत्पादनको मिति धकेलिएको आयोजनाले जनाएको छ ।

दोर्दी खोला जलविद्युत् कम्पनीले दोर्दी १ (१२.५ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । झन्डै २ अर्ब ५० करोड लागतमा निर्माण गरीने सो आयोजना ०७७ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाका कारण निर्माण थकेलिएको हो । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा छ । दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । प्रवर्द्क छयाङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑