• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

१० बुँदे घोषणा पत्र सहित पत्रकार महिलाको प्रदेश भेला सकियो

खप्तड मालिका न्युज March 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

डडेल्धुरा :सुदूरपश्चिमको डडेल्धुरामा आयोजित पत्रकार महिलाहरुको प्रदेश भेला बुधबार सम्पन्न भएको छ। पत्रकार महिलाहरुको क्षमता विकासको उद्देश्यका साथ आयोजना गरिएको उक्त भेला १० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो। भेलाले पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता, पेशागत स्थायित्व, दक्षता अभिवृद्धिका लागि आवश्यकता अनुरुप विषयगत तालिम सञ्चालन, सम्पूर्ण सञ्चार गृहमा पत्रकार नियुक्ति र पदोन्नतीमा समावेशी नीति अपनाउनुपर्ने माग घोषणा पत्रमा राखेको छ।No description available.
नीतिगत र नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता सुनिश्चित गर्न सञ्चार सम्बद्व विभिन्न निकायमा हुने नियुक्तिमा पत्रकार महिलाको समान सहभागितालाई सुनिश्चित गर्न तीन वटै तहको सरकारसँग माग गरिएको छ। यसैगरी आमसञ्चार नीति र श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्नुका साथै सञ्चार सम्बन्धी प्रदेश र स्थानीय कानुनहरु अविलम्व निर्माण गरी लागु गर्न, त्यस्ता कानुनमा पत्रकार महिलालाई विशेष व्यवस्थाको नीति अवलम्वन गर्न, केन्द्र, प्रदेश र स्थानीयस्तरमा महिलाद्वारा सञ्चालित छापा तथा विद्युतीय माध्यमको स्थायित्वका लागि संरक्षण, संवद्र्धन र प्रोत्साहन गर्न प्रदेश र स्थानीय सरकार समक्ष आवश्यक नीतिगत व्यवस्था गर्न, सबै सञ्चार माध्यमले त्यहाँ कार्यरत पत्रकारहरुलाई नियुक्ति पत्र अनिवार्य दिन र आन्तरिक लैंगिक नीति बनाएर कार्यान्वयन गर्न घोषणा पत्रमार्फत माग गरिएको छ।
त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रेस काउन्सिलले उपलब्ध गराउँदै आएको पत्रकार उपचार सहायता र सञ्चार उपकरण खरीद रकम उपलब्ध गराउने विद्यमान व्यवस्थामा पुनरावलोकन गरी पत्रकार महिलाहरुलाई विशेष प्राथमिकता प्रदान गर्नुका साथै बिमा व्यवस्था, पत्रकार महिलाका लागि फेलोसिपका कार्यक्रम, अध्ययन छात्रवृतिमा प्राथमिकता प्रदान गर्न र महिलामाथि हुने सबै प्रकारका हिंसाका घटनाहरुको कानुनसम्मत तवरले सशक्त प्रतिरोध गर्नुका साथै महिला अधिकार हननका घटनामा प्रदेश र स्थानीय निकायमा गुनासो सुन्ने संयन्त्रको स्थापना गरी कार्यान्वयनमा लैजाने व्यवस्था गर्न भेलाबाट जारी गरिएको घोषण पत्रमार्फत माग गरिएको छ।No description available.
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्य, क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)को समन्वय र नेपाल पत्रकार महासंघ डडेल्धुराको आतिथ्यता तथा व्यवस्थापन सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले डडेल्धुरमा दुई दिने (८ र ९ गते) भेला सम्पन्न गरेको हो। भेलामा नौ वटै जिल्लामा कार्यरत सय बढी महिला पत्रकारहरुको सहभागिता रहेको थियो।
भेलका सहभागी महिला पत्रकारहरुले श्रमअनुसार पारिश्रमिक नपाइरहेकै कारण पत्रकारिता पेशामा महिलाहरु टिक्न नसक्ने गरेको गुनासो गरेका थिए। आफ्ना पेशागत समस्याहरु राख्ने क्रममा उनीहरुले आफू कार्यरत मिडिया हाउसमा महिला र पुरुष पत्रकारको पारिश्रमिकमा असमानता रहेको बताउँदै एउटै पेशामा रहेको सो असमानता हटाउनुपर्ने माग गरेका थिए। आफूहरुले गरिरहेको पेशाबाट सहजै जीविकोपार्जन गर्न सकिने गरी नीति नियम निर्माण गरी लागु गर्नसके कोही पनि पत्रकार महिलाले आफ्नो पेशाबाट पलायन हुर्नुपर्ने अवस्था नआउने उनीहरुको तर्क थियो।No description available.

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑