
चैत्र,१०- सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइराला विरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । कोइरालाको मुद्दा पुनरावलोकनको निस्सा पाएर पूर्ण इजलासमा परेको थियो । यसअघि दुई न्यायाधीशको संयुक्त इजलासले सजाय घटाउने सम्बन्धमा फैसला गरेका कारण उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो । उक्त निवेदनले पुनरावलोकन निस्सा पाएसँगै उक्त निवेदनमाथिको सुनुवाई कम्तिमा ३ न्यायाधीश रहने पूर्ण इजलासबाट फैसला सदर वा संशोधन गर्नुपर्ने हुन्छ ।

लामो समयपछि पेसीमा चढेको कोइरालाको मुद्दा बिहीबार न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासमा परेको थियो । तर कोइरालाको मुद्दा हाल सर्वोच्च अदालतमा रहेका ना न्यायाधीशहरूले हेर्न मिल्दैन । जसमा तेज बहादुर केसी, पुरुषोत्तम भण्डारी, वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा, चोलेन्द्र शम्शेर जबरा,डा.आनन्दमोहन भट्टराई रहेका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर