• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

नासाको दाबी : हाम्रो सौर्यमण्डल बाहेक ५००० ग्रह, ६५ वटा हालै खोजियो ; २०० ग्रह पृथ्वीजस्ता

Planets in outer space with satellites, falling meteor and asteroids in dark starry sky. Galaxy, cosmos, universe futuristic fantasy view background for computer game. Cartoon vector illustration
खप्तड मालिका न्युज March 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,१०- हाम्रो मनमा एउटा प्रश्नले बारम्बार घच्घचाइरहेको हुन्छ कि के यो ब्रम्हान्ड पर धर्तीबाहेक पनि कतै जीवन सम्भव त छ ? यो प्रश्नको जवाफमा हामी एलियन्सबारे धेरै कुरा जान्न चाहन्छौँ । प्रश्न यो पनि छ कि ती कुन–कुन ग्रहमा होलान् ? यसको जवाफ अमेरिकन अन्तरिक्ष एजेन्सी नासाले पनि खोजिरहेको छ ।

नासाले सौर्य मण्डलबाहेक पनि अन्तरिक्षमा ५००० यस्ता ग्रह छन् जसको पहिचान भइसकेको छ भनेर दाबी गरेको छ । विशेष कुरा यो हो कि यस्ता करिब ६५ ग्रह हालै पत्ता लागेका छन् । करिब २०० ग्रह पृथ्वी जस्तोजस्तै छन् ।

हरेक एक एक्सोप्लानेट आफैँमा एउटा दुनियाँ:

भर्खरै पुष्टि भएको एक्सोप्लानेटमा के–२–३७७ बी नाम समावेश छ । जुन ‘सुपर अर्थ’ हो । यसले आफ्नो ताराको एउटा परिक्रमा पूरा गर्न १२.८ दिन लाग्छ । यी ग्रहहरु नासा एक्सोप्लानेट अर्काइभमा राखिएको छ । आर्काइभका प्रमुख जेसी क्रिश्चियनसेनले यो तथ्य असाध्यै उत्साहित गर्ने किसिमको बताएका छन् । उनले भनेका छन्, ‘हामी सबैजना यसबारे थप जान्न चाहन्छौँ ।’

हरेक एक एक्सोप्लानेट आफैँमा एउटा दुनियाँ हो । एक्सोप्लानेट हाम्रो सौर्यमण्डलभन्दा बाहिर हुन्छ । यसले सूर्यको साटो कुनै अन्य ताराको परिक्रमा गर्छन् । नासाले यसअघि पनि ९० को दशकमा करिब ३००० एक्सोप्लानेटको खोजी गरिसकेको छ ।

सबै ग्रह सौर्यमण्डल र ग्यालेक्सी बाहिर

यसबारे नासाले ट्रान्सिटिङ एक्सोप्लेनेट सर्भे स्याटलाइट (टेस) को मद्दतले पत्ता लगाएको छ । यी सबै ग्रह हाम्रो सौर्यमण्डल वा आकाशगंगाभन्दा बाहिर छन्, त्यसैले यसलाई एक्सोप्लानेट्स भनिँदैछ । यी सबैलाई टेसको मद्दतले खोजी गरिएका कारण यसलाई टेस अक्जेक्ट इन्ट्रेस्ट भनिएको छ । द नेन्सी ग्रेस रोमन स्पेस टेलिस्कोप सन् २०२७ मा लञ्च हुँदैछ ।

हालसम्म ३५ प्रतिशत नेपच्युनजस्ता ग्रह भेटिए

एक्सोप्लानेटमा ३० प्रतिशत ग्यास ग्लेट्स छन्, ३१ प्रतिशत सुपर–अर्थ र ३५ प्रतिशत नेपच्युन जस्ता ग्रह छन् । ४ प्रतिशत मात्रै पृथ्वी वा मंगलजस्ता चट्टानी ग्रह छन् । युरोपियन स्पेस एजेन्सीको एरियल मिसन सन् २०२९ मा लञ्च हुनेछ ।

थप जानकारी:

ब्रम्हाण्डको निर्माणको बिग ब्याङ्ग थ्योरीलाई सबैभन्दा बढी स्वीकार गरिन्छ । यसमा पूरा ब्रह्माण्ड द्रव्य र ऊर्जाले बनेको भनिएको छ ।

– ब्रह्माण्डको सबै द्रव्य एउटा तातो गोलाको रूपमा थियो । करिब १३.७ अर्ब वर्ष अघि अत्यधिक दबाबका कारण यसमा बिग ब्याङ्ग अर्थात् महाविस्फोट भयो ।

विस्फोटपछि सारा द्रव्य असङ्ख्य कणको रूपमा फैलियो, जुन लगातार फैलिरहेको छ । यी विस्फोटले ग्रह तारा बने ।

ग्रह–ताराको अत्यधिक विशाल समूहलाई आकाशगङ्गा (ग्यालेक्सी) भनिन्छ । ब्रह्माण्डमा १९ अर्ब ग्यालेक्सी भएको अनुमान छ । एक ग्यालेक्सीमा अर्बौँ आकाशीय पिण्ड हुन्छन् ।

अनुमानका अनुसार आकाशगङ्गा करिब २.४० लाख किलोमिटर प्रति घण्टाको गतिले एक–अर्काबाट टाढा भागिरहेका छन् ।

– हाम्रो सौर्यमण्डल जुन आकाशगङ्गामा छ, त्यसलाई मिल्की वे भनिन्छ । यसको लम्बाई करिब एक लाख प्रकाश वर्ष छ । यसमा करिब १०० अर्ब तारा छन् ।

– प्रकाशले एक वर्षमा जति टाढा यात्रा गर्छ, त्यसलाई एक प्रकाश वर्ष भनिन्छ । प्रकाश एक सेकेन्डमा करिब तीन लाख किलोमिटर यात्रा गर्छ ।

– मिल्की वेको तुलनामा हाम्रो सौर्यमण्डल एउटा टिकाको बराबर छ । मानिसले बनाएको उपग्रहमध्ये भोयजर–वानले मात्रै सौर्यमण्डल पार गरेको छ । यो २३ अर्ब किलोमिटर टाढा पुगिसकेको छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑