
चैत्र,१०- सलमान खान आफ्ना फिल्मका साथै विवादका कारण पनि बेलाबेला चर्चामा आइरहन्छन् । सलमानले विभिन्न मामिलामा जेलसम्मको चक्कर काटिसकेका छनत् । अब हालै सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ ।

५ अप्रिलमा पेश हुनुपर्नेः
मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको छ । ती पत्रकारले भनेका थिए, ‘सलमानले ममाथि कुटपिट गरेका थिए र मेरो फोृन पनि खोसेका थिए । ’ उनले सलमानविरुद्ध गरिएको उजुरीमाथि कारवाही नगरेको भन्दै प्रहरीमाथि पनि आरोप लगाएका थिए ।
के हो घटना ?
घटना तीन वर्ष पुरानो हो जब पत्रकार अशोक पाण्डेले सलमानले साइकल चलाउँदै गरेको भिडियो सुट गर्न कोसिस गरेका थिए । त्यतिबेला सलमान र उनका बडिगार्डले अशोकमाथि दुर्व्यवहार गरेका थिए र उनको फोन पनि खोसेका थिए । अशोकले सलमानमाथि कुटपिटको आरोप पनि लगाएका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर