
९ चैत, दाङ- दाङको पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा हुँदा एक जनाको मुत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा लु ५ प ४९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लमही नगरपालिका–३ का ३० वर्षिय किसन चौधरीको मुत्यु भएको हो ।
उनको लमही अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । मंगलबार राती भालुबाङबाट लमही तर्फ आउने क्रममा लमही–१ स्थित नर्ती पुल नजिकै मोटरसाइकल दुर्घटनामा परेको हो ।
त्यस्तै मोटरसाइकलको पछाडी सवार कपिलवस्तु वुद्धभूमि नगरपालिका–८ का २८ वर्षीय विरेन्द्र यादव घाईते भएका छन् । उनको भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर