• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

हिजो बिहारले अचानक बिजुली नदिँदा समस्या भएको हो, आज राति १२ बजेदेखि समाधान हुन्छ: कुलमान

खप्तड मालिका न्युज March 23, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र, ९-  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली आपूर्तिमा देखिएको समस्या बुधबार राति १२ बजेदेखि समाधान हुने बताएका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै घिसिङले मंगलबार राति अचानक भारतको बिहारबाट बिजुली आउन रोकिएपछि बुधबार बिहान केही औद्योगिक क्षेत्रमा बिजुली कम आपूर्ति भएको बताए।

प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ। पछिल्लो समय भारतमा कोइलाको अभावले पावर प्लान्टले बिजुली उत्पादन गर्न नसक्दा खुला बजारमा बिजुलीको भाउ पाँच गुणासम्म बढेको छ।

खुला बजारबाट बिजुली आयात गर्न एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग दैनिक १५० र पिटिसी इन्डियासँग ७५ मेगावाट बिजुली किन्न नेपालले एक वर्षको सम्झौता गरेको थियो। सम्झौता जुनमा सकिने भए पनि रूसले युक्रेनमाथि फेब्रुअरी २४मा आक्रमण गरेपछि उक्त सम्झौताबमोजिम फिक्स्ड मूल्यमा नेपालले बिजुली पाउन सकेन।

त्यसपछि नेपालले खुला बजारबाट बिजुली किनिरहेको थियो। भारतको खुला बजारमा १५-१५ मिनेटमा बिजुलीको मूल्य निर्धारण हुन्छ।

नेपालले बिहारबाट पनि छुट्टै सम्झौता गरेर २०० भन्दा बढी बिजुली आयात गरिरहेको छ।

‘मंगलबार बेलुकाचाहिँ बिहारबाट आउने २०० मेगावाट बिजुली पनि अचानक रोकिएपछि समस्या भएको हो,’ कुलमानले भने,‘बुधबार बिहानदेखि बिहारबाट पनि बिजुली आउन थालिसकेको छ।’

एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग भन्दा बिहारसँग प्राधिकरणले केही महंगोमा बिजुली किन्ने समझौता गरेको थियो।

बिहारसँगको सम्झौताकै आधारमा प्राधिकरणले खुला बजारमा पनि प्रतियुनिट भारू ८ रुपैयाँमसम्म बिजुली किन्न खोजेको छ।

तर मंगलबार नेपालले भनेजति मूल्यमा बिजुलीको भाउ आएन। दिनभरिको औसत मूल्य नै भारू ११.७५ पुग्यो।

‘आज भाउ बढाएर भए पनि बिडिङ गर्छौं। साँझ पिक आवरमा कुलेखानी र तामाकोशी पूर्ण क्षमतामा चलाउँछौं,’ कुलमानले भने।

अहिले नेपालमा साँझको पिक आवरमा बिजुलीको माग १६ सय मेगावाटभन्दा बढी छ। साँझको माग पूरा गर्न दिनभरि पानी जम्मा पारेर त्यही बेला पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने गरिएको छ।

अहिले कुलेखानी, मर्स्याङ्दी र तामाकोशी साँझको समयमा पूर्ण क्षमतामा चल्ने गरेका छन्।

‘यो आयोजना दिउँसो नचलाउन हामीलाई भारतबाट बिजुली ल्याउनुपर्छ। दिउँसोको मूल्य पनि पिक आवरको जति महंगो हुँदैन,’ कुलमानले भने,‘आजबाट हामी बढी पैसा तिरेर भएपनि बिजुली ल्याउँछौं।’

 

यो समाचार आजको सेतोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑