
चैत्र, ९- यात्रुबाहक बसमा छुटेको साढे ३ लाख नगद प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ सुन्दरटोल बस्ने ५३ वर्षीय दासाङ शेर्पाको नगद छुटेको थियो।
मंगलबार जोरपाटी चोकबाट नारायणटार जाने क्रममा यात्रुबाहक बसमा साढे ३ लाख छुटेको भन्ने खबर प्रहरीलाई दिइएको थियो।
महानगरीय प्रहरी वृत्त बौद्दबाट अरू प्रहरी इकाइलाई पनि खबर गरेर बसहरूमा चेक गरिएको थियो।
महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको टोलीले रत्नपार्कबाट जहरसिंह पौवासम्म चल्ने बा ४ ख ६४३३ नं. को यात्रुबाहक बसबाट रकम फेला पारेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
उनले यस्ता घटनाहरूमा सामान सम्बन्धित धनिलाई फिर्ता गर्न मद्दत गरिदिन सार्वजनिक यातायातका चालक, सहचालकहरूसँग अनुरोध गरेका छन्।
‘सार्वजनिक यातायातका सवारी साधनहरूमा यात्रुका सामानहरू छुट्ने गरेको सन्दर्भमा त्यस्ता सवारीसाधनका चालक, सह-चालकहरूले सामानहरू प्रहरीमार्फत सम्बन्धित धनिलाई बुझाउन सहयोग गरी प्रदर्शन गरेको सकारात्मक व्यवहारको महानगरीय प्रहरी परिसर टेकुले सम्मान गर्छ, ’ उनले भने।
गलत नियतले छुटेको सामानहरू नबुझाएमा मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० को दफा २४१ चोरी गर्न नहुने कसुरमा पक्राउ गरिने उनले बताए।
यो समाचार आजको सेतोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर