
चैत्र,९- एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटनाको छानविन गर्न चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको हो । उक्त समितिले समग्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने बिसीको भनाइ छ ।

चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । ‘यत्रो ठूलो घटना भएको छ, प्रहरी जवानको नै मृत्यु भएको छ, हामी केही न केही छानविन गर्छौं,’ बिसीले भने ।
आइतबार दिउँसो भएको उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएका थिए भने ७ जनासम्म सर्वसाधारण घाइते भएका थिए ।
सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । सर्वसाधरणको आक्रमणमा परी उनको मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर