
चैत्र,९- जवरजस्ती करणी गरेका आरोपमा रामेछापको मन्थलीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी गरेका आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले मंगलबार अपरान्ह ४ः३० बजेको समयमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर–१ भैसेश्वर स्थित सडकमा हिँडिरहेको अवस्थामा एक पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेख जिल्ला चामुण्डा गाउँपालिका वडा नम्बर–४ खारगाँउ घर भई हाल रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१ बस्ने वर्ष ३७ को रुकुम बुढा रहेको जिल्ला प्रहारी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार बुढाले गत चैत ७ गते रामेछापको रामेछाप नगरपालिका वडा नम्बर–८ स्थित कालिआँप भन्ने स्थानमा रहेको बाख्रा फर्ममा एक महिलामाथि जवरजस्ती करणी गरेका थिए ।
बुढाले चैत ७ गते दिउँसो ३ बजेको समयमा चिया खान जाँउ भनि बाख्रा फर्ममा लगि ती महिलालाई जवरजस्ती करणी गरी सो कुरा कसैलाई भनेमा ज्यान नै मार्ने र पारी गायव बनाइदिने धम्कि दिएको प्रहरीले जनाएको छ । आरोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिई जवरजस्ती करणी अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर