
बाजुरा- बाजुराको बुढिगङ्गा नगरपालिकामा चैत्र ११-१३ गते सम्म निशुल्क स्वास्थ्य शिबिर सन्चालन हुने भएको छ । सशस्त्र प्रहरी बल नेपालको आयोजना र महान्यायाधिवक्ताको कार्यलय रामशाह पथ को आर्थिक सहयोगमा उक्त शिबिर सन्चालन गर्न लागिएको हो । उक्त शिबिरमा दुई हजार भन्दा बढीले सेवा लिन सक्ने अनुमान समेत गरिएको आयोजक नेपाल ए पि एफ अस्पताल बलम्बुले जनाएको छ ।
उक्त शिबिरमा हाड जोर्नि तथा नसा रोग विशेषज्ञ , स्त्रीरोग विशेषज्ञ आखा रोग सम्बन्धि सेवा नाक,कान, घाँटी रोग विशेषज्ञ छाला रोग विशेषज्ञ बालरोग विशेषज्ञ नि: शुल्क अल्ट्रासाउन्ड सेवा नि:शुल्क अौषधि वितरण सेवा नि:शुल्क एक्स-रे सेवा नि:शुल्क ई.सि.जि सेवा लगायतका सेवाहरु दिने भएको छ । उक्त शिबरको उद्घाटन महान्यायाधिवक्ता माननीय खम्म बहादुर खातीले गर्नुहुनेछ । खाती महान्यायाधिवक्ता नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउदै हुनुहुन्छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर