• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

विश्व कविता दिवसका अवसरमा ३१ कवि गुन्जिए

खप्तड मालिका न्युज March 22, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,८- नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गरे । सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३० औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको हो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, “कविताको सामर्थ्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो विश्व कविता दिवस को महत्व रहेको छ ।” कविता सुनेपछि सबैमा नयाँ ऊर्जा सञ्चारित हुने र कविता लेखनमा नयाँ पुस्ता प्रेरित हुने उनको भनाइ थियो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले विश्वका कविहरूका लागि आजको दिन हर्ष र उल्लासको दिन भएको उल्लेख गर्दै उनले कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचारप्रसार गर्ने दिनका रूपमा विश्व कविता दिवस रहेको विचार राखे । यो वर्षको विश्व कविता दिवसको नारा ‘विश्वको भौतिक विकास, आन्तरिक प्रबोधन र प्राचीन भाषाहरूको संरक्षणमा कविताको भूमिका’ रहेको थियो । नेपालमा सन् २००२ देखि यो दिवस मनाउन थालिएको र यो दिवसले स्रष्टाका अभिव्यक्ति प्रस्फुटनमा सहयोग गरिरहेको उपाध्यायले बताए ।

गोष्ठीका सभाध्यक्ष प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले काव्य विभागले विभिन्न क्षेत्रका कवि र कवितालाई समेटेर पुस्तकमा सङ्ग्रहित गर्नुका साथै गजल, गीत, मुक्तक, समालोचनाका क्षेत्रमा पनि विभागले उल्लेख्य पुस्तक प्रकाशन गरेको जानकारी दिए । नेपाली कविताको प्रादेशिक इतिहास, छरिएका कविताहरूको सङ्कलन र प्रकाशनका कार्यका साथै ‘नेपाली महाकाव्यः परम्परा र प्रवृत्ति’ नामक कृति प्रकाशन गर्ने तयारीमा रहेको पनि उनले जनाए ।

कार्यक्रममा कवि डा. बेन्जु शर्माले ‘कोरोना भाइरस’ शीर्षकको कविता सुनाउनुभएको थियो । यसैगरी सुलोचना मानन्धरले ‘बाटो’, ‘रातबाट’, ‘बुद्ध’ शीर्षकका छोटा कविता, मातृका पोखरेलले ‘दुर्घटित सपनाको भञ्ज्याङबाट’, श्रवण मुकारुङले ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ नर्मदेश्वरी सत्यालले ‘मेरी छोरी’, ईश्वरचन्द्र ज्ञवाली ‘उसको पत्र आमाको नाममा’, विश्वविमोहन श्रेष्ठले ‘यात्रा’, राजेन्द्र सलभले ‘दुई सैनिक’, दयाकृष्ण राईले ‘नगरवधुहरूको आवाज’, नरनाथ लुइटेलले ‘डुक्रनेसँग केही प्रश्न’, नन्दकृष्ण जोशी ‘कुडा कर्णालीका’, मित्रलाल पंज्ञानीले ‘दैवले देख्दैन’, सीता शर्माले ‘गन्तव्य’, वासुदेव अधिकारीले ‘वाफ’ शीर्षकका कविता वाचन गरे ।

यसैगरी डा. नेत्र एटमले ‘म अवश्य पनि उठ्नेछु’, प्रभा भट्टराईले ‘जान्दिनँ म ता’, डा. रामप्रसाद ज्ञवालीले ‘म कवि’, गङ्गा सुवेदीले ‘यथार्थमा’, शोभा दुलालले ‘श्यामलाल’, रमेश पोखरेलले ‘जनविश्वास पाइँदैन बोलेर’, लक्ष्मण गाम्नागेले ‘उस्तै उस्तै लाग्न थालेको छ’, गोविन्द घिमिरे ‘वेदमणि’ले ‘सम्मान व्यापार हो’, वैरागी जेठाले ‘च्याङ्बाको गीत’, विना थिङले ‘ड्याम ड्याम’, जयन्ती सत्यालले ‘जवाफ देउ न आमा मलाई ऐठन परिरहेछ’, हेमन्त विवशले ‘गोसाई तमिले कसको मुटु बोकेका छौ’ अयोध्यानाथ चौधरीले ‘बिर्सिसकेँ अनुहार’, सन्तोष पोखरेलले ‘द फ्युटायल वल्र्ड’, राम विनयले ‘गन्तव्य’, र हरिकला उप्रेतीले ‘कालेका बा’ शीर्षकका कविता वाचन गरे । प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले यो कवि गोष्ठीले वर्तमान कविताको अवस्थाको चित्रण गरेको धारणा राखे । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले गरेका थिए ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑