
चैत्र,८- भारतको राजधानी दिल्लीमा एक निकै विभत्स घटना सार्वजनिक भएको छ । यहाँ एउटी आमाले आफ्नी दुई महिनाकी शिशुको घाँटी थिचेर हत्या गरेकी छिन् । घाँटी थिचेर हत्या गरेपछि महिलाले शिशुलाई ओभनमा हालेकी थिइन् । आमाको बर्बरताको कारण ज्यान गुमाउने शिशुको शव कब्जामा लिएर प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । घटना दिल्लीको मालवीय नगर थाना क्षेत्रको चिराग दिल्ली गाउँको हो ।

भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित जानकारी अनुसार चिराग दिल्ली गाउँमा एक महिलाले छोराको साटो छोरी जन्मिएका कारण उनको हत्या गरिदिएकी छिन् । हत्यापछि आरोपी महिलाले शवलाई घरको छतमा राखिएको माइक्रोवेब ओभनमा लुकाएकी थिइन् । परिवारले बालिका गायब भएको सूचना प्रहरीलाई दिए । घरमा अनुसन्धानको क्रममा बालिका अनन्या कौशिकको शव भेटियो ।
बालिकाको शवलाई कब्जामा लिएर मालवीय नगर थानाको प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । हाल प्रहरीले बालिकाका आमा–बुवालाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ । परिवारमा गुल्शन कौशिक र डिम्पल कौशिकबाहेक उनीहरुका चार वर्षका छोरा र दुई महिनाकी छोरी अनन्या कौशिक बस्दथे । गुलशनकी आमा र भाइ पनि उनीहरुसँगै बस्दछन् र घरको तल्लो तलामा किराना पसल चलाउँछन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर