• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अनलाइन ठगी : सामाजिक सञ्जालको सम्पर्क कार्यालय नहुँदा अनुसन्धानमा ‘सकस’

खप्तड मालिका न्युज March 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,७- काठमाडौं उपत्यका बाहिर ग्रामीण क्षेत्रमा बस्ने कविता कार्की (परिवर्तित नाम)लाई आकाश बर्मा नाम गरेका व्यक्तिले ह्वाट्स एपमा फोन गरेर भने, ‘कोभिड–१९ लक्की ड्र पुरस्कार २५ लाख तपाईले जित्नुभयो, खाता नम्बर पठाउनुस् ।’ करिब दुई महिनाअघि अपरिचितले गरेको त्यो ‘आकर्षक फोन’ले कविता फुरुक्क भइन् । सिद्धार्थ बैंकमा रहेको आफ्नो खाता नम्बर उनले पठाइन् । बर्माले मोबाइलमा आएको ओटीपी कोड पठाउन आग्रह गर्दै भने, ‘तपाईको बैंक खाता एक्टिभ गराएर लट्री रकम जम्मा गराइदिन्छु ।’ तर, ओटीपी कोड पठाएको केही बेरमा खाताबाट १ लाख रकम अपरिचितको नाममा ट्रान्सफर भयो । लट्री रकम आएन । अनि, कविताको खुसी तनावमा बदलियो । अहिले उनी खाताबाट ट्रान्सफर भएको रकम फिर्ता गराउन प्रहरी कार्यालयमा धाउँदै छिन् ।

कविताको खाताको रकम मोरङको रंगेली नगरपालिका–६ घर भएका २० वर्षीय धिरेन कुमार मण्डलको खातामा ट्रान्सफर भएको देखिएको छ । मण्डलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानबाट धिरेनले ओटीपी कोड मागेर अरुको बैंक खातामा पहुँच बनाएर आफ्नो ई–सेवा आईडीमा रकम ट्रान्सफर गर्ने गरेको थाहा भएको छ ।

सामाजिक सञ्जाल फेसबुक, इमो, भाइबर, ह्वाट्स एप र इन्स्टाग्राम आजभोलि ठगीको हतियार बन्ने गरेको छ । सामाजिक सञ्जालमार्फत व्यक्तिसँग चिनजान र सम्पर्क गरेर ठग्ने समूहले व्यक्तिको बैंक खाता, खल्ती एप्स, ई–सेवामा पहुँच बनाएर रकम ट्रान्सफर गर्ने गरेका छन् ।

‘चिठ्ठा परेको छ’ भनेर भाइबर र ह्वाट्स एपमा फोन गरेर फोटो, नागरिकता, फोन नम्बर र बैंक खाता माग्ने तथा चिठ्ठा परेको नक्कली प्रमाणपत्र पठाएर पैसा पाउन ‘राजस्व लाग्छ’ भनेर ठग्ने प्रवृत्ति पनि आजभोलि बढेको छ ।

जागिरको नाममा हैरानी दिँदै ठग्दै काठमाडौंका जब सेन्टर
​अनलाइन मार्फत हुने ठगीको अर्को प्रवृत्ति हो, सामाजिक सञ्जालबाट मायाको जाल बिछ्याउने र अन्त्यमा ठगेर भाग्ने । फेसबुक र ह्वाट्स एप मार्फत माया जाल बिछ्याउनेहरुले प्रलोभन देखाएर महँगो सामान (घडी, नेक्लेस, क्यामेरा, कपडा र अमेरिकी डलर) पठाएको छु भन्छन् । सामानको फोटो सामाजिक सञ्जालमार्फत पठाउँछन् र विश्वास दिलाउँछन् । त्यसपछि ‘भन्सारको कर्मचारी हुँ’ भनेर भारतीय नम्बरबाट फोन गर्छन् । फोन गर्नेले भन्छ, ‘तपाईको सामान भन्सारमा आएको छ, सामानको लागि भन्सार शुल्क लाग्छ ।’

त्यसपछि ट्याक्स रकम मागेर विभिन्न व्यक्तिको नाममा बैंक, आइएमई, ई–सेवा र खल्ती जस्ता वालेटको माध्यमबाट रकम पठाउन लगाएर ठगी गर्ने प्रवृत्ति मौलाएको छ ।

अनुसन्धानमा सकस

आर्थिक वर्ष २०७७/०७८ मा काठमाडौं उपत्यकाभित्र अनुसन्धान गर्ने इकाई अपराध महाशाखामा २४४ जनाले आफू अनलाइनको माध्यमबाट ठगिएको उजुरी दिएका छन् । सो आर्थिक वर्षमा १५ वटा मुद्दा दर्ता भए । फेसबुकको माध्यमबाट ठगी भएका १६ र अन्य माध्यमबाट ठगी भएका ४ वटा घटना प्रहरीले मिलापत्र गराएको छ ।

२०७८ साउनपछि ३ सय १५ जना अनलाइन ठगीको सिकार भएका छन् । १७ वटा ठगीको मुद्दा दर्ता गरिएको छ भने २५ जना आरोपितलाई पीडितको पैसा फिर्ता गराएर छाडिएको छ ।

अनलाइन ठगी जति मौलाउँदै छ, अनुसन्धान पनि त्यतिकै सकसपूर्ण हुँदैछ । फेसबुक, भाइबर, ह्वाट्सएप र इन्स्टाग्रामको सम्पर्क कार्यालय नेपालमा छैन । सम्पर्क कार्यालय नहुँदा सामाजिक सञ्जालमार्फत भएको अपराधको विवरण सजिलै नआउने बताउँछन् अपराध महाशाखाका एसएसपी बसन्त कुँवर ।

‘ठगी गर्ने गिरोहको सम्पर्ककमा को–को छन् भन्ने विवरण नआउँदा सञ्जालका मान्छे पक्राउ गर्न सकिँदैन,’ उनले रातोपाटीसँग भने । ह्वाट्स एप, भाइबर र फेसबुकमार्फत ठगी धन्दा चलाउने धेरैजसोले भारतमा बसेर सोझा नेपाली नागरिकलाई टार्गेट गर्ने गरेका छन् । तर, प्रहरी भारतमा बस्ने मुख्य योजनाकारसम्म पुग्न सक्दैन । अनलाइन ठगीबारे अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु पीडितले पैसा जम्मा गरेको बैंक खाता सञ्चालक र ओटीपी कोड लिएर रकम ट्रान्सफर गर्नेहरुसम्म मात्रै पुग्छन् ।

‘पीडितले पैसा जम्मा गरेको आधारमा खातावालासम्म पुग्छौं, उनीहरु नेपालभित्रकै हुन्छन्,’ महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवर भन्छन्, ‘सामाजिक सञ्जालबाट विवरण नआउँदा त्यहाँ भएको कुराकानी र योजना पत्ता लगाएर ठगी गर्ने मुख्य योजनाकारसम्म पुग्न समस्या भएको छ ।’

नेपालमा सञ्चालित डिजिटल वालेट ई–सेवा, खल्ती र आइएमई–पे मा पहुँच बनाएर ठगी गर्ने गिरोहले एक पटक प्रयोग गर्न मिल्ने ‘ओटीपी’ कोड लिएर ठग्ने गरेका छन् । त्यसरी, अपरिचितले लोभ देखाएर ओटीपी कोड मागेमा नदिन र प्रहरीलाई जानकारी दिन एसएसपी कुँवरले आग्रह गरेका छन् ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑