• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

‘नेपाल आइडल भएपछि प्रेसर महसुस गरेको छु’

खप्तड मालिका न्युज March 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,७-   शनिबार ‘नेपाल आइडल सिजन–४’ को विजेता बनेपछि गायक भूपेन्द्र थापामगर यतिबेला चर्चाको केन्द्रमा छन् । प्रतियोगिताको टप ३ मा रहेका प्रतिस्पर्धी नाम्गेल तामाङ र रञ्जित नेपालीलाई पछि पर्दै उनले उपाधिको साथमा नगद ३० लाख समेत हात परेका छन् । नेपाल आइडलको पहिलो सिजनदेखि नियमित र पटक पटक उपाधिका लागि कोसिस गर्दै आएका उनले चौथो सिजनमा आएर सफलता हात पार्न सफल भएका हुन् । प्रस्तुत छ, नेपाल आइडल विजेता बन्दाको खुसी र आगामी दिनको योजनाको विषयमा उनले रातोपाटीसँग गरेको कुराकानीको सम्पादित अंश ।

‘नेपाल आइडल सिजन–४’ को विजेता हुनुभयो । कस्तो अनुभूति भइरहेको छ ?
– एकदमै खुसी छु । धेरै मानिसको साथ र सपोर्टले मैले सफलता प्राप्त गरेको हो । आफ्नो गाउँ, ठाउँ मात्र नभर देश तथा विदेशका सबै नेपाली दाजुभाइको मलाई सहयोग रह्यो । त्यो हिसावले आफूलाई भाग्यमानी सोच्छु ।
लाखौ नेपालीले देख्ने सपना हो नेपाल आइडलको उपाधि । त्यो सपना आज मेरो पुरा भएको छ । उपाधिले मलाई एक किसिमको जिम्मेवारी थपिदिएको छ । यस अगाडिको जस्तो मिहिनेत गरेर मैले अवको दिनमा हुँदैन र पुग्दैन । त्यसैले अहिले खुसी र हर्षित त छु नै । साथै, जिम्मेवारी बहनको भारी पनि बोक्दैछु ।

विजेता बन्छु भन्ने लागेको थियो त ?
नेपाल आइडलको मञ्चमा उपाधिका लागि यो मेरो चौथो प्रयास थियो । यस अगाडिका पहिलो, दोस्रो र तेस्रो सिजनमा पनि म सहभागी थिएँ । पहिलोदेखि तेस्रोसम्म म भोटिङ सिजन अगाडि नै आउट भएको थिएँ । यो सिजनमा कम्तिमा पनि भोटिङ राउण्डसम्म पुगेर भोट माग्ने इच्छा थियो । साथीहरुसँग पनि एक पटक भोट माग्न पाए सपना पुरा हुन्थ्यो भन्थेँ । नभन्दै यसपाली म भोटिङ राउन्डमा पुगे । एकपटक भोट मागें । भोट माग्दा माग्दा फाइनलसम्म पुगेर उपाधि समेत जितें ।

केले विजेता बनायो जस्तो लाग्छ ?
– पहिलो कुरो त मेरो मिहिनेत नै हो । मैले निकै मिहिनेत गरेको थिएँ । अर्काे कुरो कुनै पनि मानिसले तन, मन, धन सबै कुरो लगाएर एउटा क्षेत्रमा निरन्तर मिहिनेत गर्छ भने एकदिन उ सफल हुन्छ । त्यसको उदाहरण म भएको छु अहिले । यदि पहिलो सिजनको असफलतापछि म हराएको भए वा फेरि प्रयास नगरेको भए, धैर्य नराखेको भए अहिले कहाँ उपाधि जित्न सक्थे र ?

यस अगाडिको सिजनका तुलनामा चौथो सिजनको चर्चा केही कम भएको हो ?
– पक्कै हो । त्यो मैले पनि महसुस गरेको बिषय हो । त्यो हुनमा पहिलेको तुलनामा अहिले रियालिटी शोहरु धेरै बढेकाले पनि हो । पहिले नेपाल आइडल एउटा मात्र थियो । अहिले धेरै भएकोले दर्शक सबैतिर बाँडिएका छन् ।

अबको यात्रामा के कस्ता चुनौती देख्नु भएको छ ?
– हिजो अस्तिका भन्दा धेरै चुनौती छ । विजेता भएपछि के गर्ने, कसरी अगाडि बढ्ने भन्ने चिन्ता लागेको छ । दर्शक श्रोताहरूले अहिले एकदमै रुचाउनु भएको कारणले विजेता हुन सफल भएँ । उहाँहरुलाई मैले के कोसेली दिने भन्ने कुरो मनमा खेलिरहेको छ । राम्रो गर्नुपर्ने, फरक गर्नुपर्ने र धेरैको मन राख्नुपर्ने प्रेसर महसुस गरेको छु ।

थप
भूपेन्द्र थापामगर बने नेपाल आइडल सिजन–४
​गाउन कहिलेदेखि थाल्नु भएको थियो ?
– सानैदेखि गाउँथे । परिवारमा आमा, मामाहरु पनि राम्रो गाउनुहुन्थ्यो । त्यो माहोलले मैले सानैदेखि गाउँथे । सानोमा घरमा दिदीको साथीहरु आउँदा गीत गाउन लगाएर उपहार दिन्थे । सन् २०१६ बाट भने म व्यावसायिक रुपमा गायनमा होमिएको थिएँ ।

गीत पनि बाहिर ल्याउनु भएको छ कि ?
– पहिले मैले दुईटा गीत ल्याएको थिएँ । त्यसको अलावा कभर भर्सनमा पनि गाएको छु ।

कस्ता गीतसंगीत मनपर्छ ?
– गीत संगीत भनेको एउटा फिलिङ हो । यो मुडमा भर पर्छ । लोकदोहोरी, आधुनिक, पप, रक, र्‍याप सबै प्रकारको सुन्छु ।

भविष्यको योजना के छ ?
– निरन्तर संगीत फिल्डमै लाग्ने हो । यस अगाडि पनि मैले संगीतबाहेक केही सोच्दिन थिएँ । एक पटक जागिर खाएँ तर जागिरको कारणले संगीतबाट ढाटा रहनुपर्ने भएकाले जागिर छाडें । अब चौबीसै घन्टा संगीतमा खटिन्छु ।

बुबा आमाको सपना सांगीतिक क्षेत्र ल्याउने थियो त ?
–छोराले संगीतमा केही गरोस् भन्ने बुबा आमाको पनि सपना छ । उहाँहरुको पूर्ण सपोर्टले गर्दा आज मैले सफलता हात पारेको छु । म असफल भएपछि उहाँहरुले रोकतोक गरेको भए आजको सफलता कसरी मिल्थ्यो र ? सुरुमा नेपाल आइडलमा आउन पनि आमाले नै हौस्याएको हो ।

नेपाल आइडलको मञ्चलाई कसरी हेर्नु भएको छ ?
– नेपाल आइडल मेरो मन, मुटु हो । आइडलको विजेता हुने सपना मेरो पहिलेदेखि नै थियो । त्यसैले पनि पटक पटक असफलतामा पनि निरन्तरता दिएँ । निरन्तर लाग्नु भनेको सफलता प्राप्त गर्नु हो ।

नेपाल आइडलमा सहभागी हुन चाहनेलाई के भन्नुहुन्छ ?
– नेपाल आइडल एउटा उपर्युक्त प्लेटफर्म हो । यसका लागि राम्रो तयारी गरेर आउनु होला । एकपटक असफलता मिल्यो भन्दैमा निराश नहुनुहोला । निरन्तर लागि रहनुहोला । सफलता अवश्य मिल्छ ।

के कारणले नेपाल आइडल रोजाइमा पर्यो ?
– गायनको संघर्षको क्रममा जो कोही पनि एउटा राम्रो प्लेटफमको खोजीमा हुन्छ । पहिलो सिजनको नेपाल आइडल एकदमै भब्य थियो । त्यो देख्दा यो प्लेटफर्मले मेरो भविष्य बन्छ भनेर होमिए । पटक पटक सहभागी हुँदा पनि म कहिल्यै माइनस भइनँ । केही न केही सिक्न पाएँ ।

यस अघिका रियालिटी शोका धेरै विजेता त्यतिकै हराएका छन् नि ?
– नेपाल एउटा सानो देश हो । तर बिभिन्न क्षेत्रका सेलिब्रेटी धेरै छन् । त्यसैले पनि यहाँ प्रतिस्पर्धा धेरै छ । त्यसैले जसले यहाँ नयाँ केही दिन सक्छ । त्यो टिक्छ, अन्य हराउँछन् । समय परिस्थिति बुझेर नयाँ केही दिन सकियो भने हराउनु पर्दैन । अर्काे कुरो श्रोताले कतिबेला के रुचाउनुहुन्छ भन्नेमा पनि भर पर्छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑