
बाजुरा– आगामी बैसाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस गौमुल गाउँ कार्यसमितिले चुनावी आमसभाको सुरुवात गरेको छ । पालिकामा रहेका छ वटै वडामा काँग्रेसका उम्मेद्वारलाई अव आउने स्थानीय तहको निर्वाचनमा सवै काँग्रेसका नेताहरुले एक ठाउँमा उभिएर जानुपर्ने बताएका छन् । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले गौमुलमा काँग्रेको जीत नभएसम्म जनाताको जीत नहुने बताएका छन् ।


एमालेको सरकारले जनताको पिडा कहिल्यै महसुस नगरेको काँग्रेस नेताहरुको भनाई छ । गौमुला जनताले स्थानीयले स्थानीय सरकारकाृे समेत आभास नगरेको बताए । नेपाली काँग्रेस गौमुल गाउँ कार्यसमितिका सभापति राजबहादुर धामीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन बहादुर सिंह रहेका थिए ।

नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावल, काँग्रेस बाजुराका निवर्तमान सभापति कविराज पण्डित, काँग्रेस महासमिति सदस्य तथा सुदूरपश्चम प्रदेश कार्यसमिति सदस्य पदम बहादुर शाही, संबिधान सभा सदस्य महा नेपाली, काँग्रेस बाजुराका उप–सभापति पदम बडुवाल, काँग्रेस महासमिति सदस्य जुना दानी, काँग्रेस जिल्ला सचिव तिलकराज पुरी, महाधिबेशन प्रतिनीहरु कर्ण बहादुर थापा, हर्कबहादुर खडायत, योगेन्द्र रावल, रिता शाही काँग्रेस प्रदेश ख का सभापति रंग बहादुर खाती, काँग्रेस बाजुराका निवर्तमान सचिव रहसिंह अयडी काँग्रेस बडीमालिकाका सभापति गोपाल कार्की, नेबिसंघ जिल्ला अध्यक्ष जनक थापा लगाएत नेता कार्यकर्ताको भब्य उपस्थिति रहेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर