• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

अफगानिस्तानका पूर्व अर्थमन्त्री खालिद पाएन्दा अमेरिकामा ट्याक्सी ड्राइभर

खप्तड मालिका न्युज March 20, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,६-   खालिदको अर्थ हो स्थायी । तर, अफगानिस्तानका अर्थमन्त्री रहेका खालिद पाएन्दाको जीवनमा केही स्थायी जस्तो छैन । गत वर्षको अगस्टसम्म जो व्यक्ति मुलुकको ६ अर्ब डलरको कोष व्यवस्थापन गर्थे । आज उनी अमेरिकामा पेट भर्नका लागि ट्याक्सी ड्राइभर बनेका छन् । हाल अफगाानिस्तान तालिबानको कब्जामा छ । अमेरिकी सेना अफगानिस्तान छोडेर गइसकेको छ । राष्ट्रपति असरफ गनी र उनको मन्त्री आवामलाई सहयोगबिनाको अवस्थामा छोडेर विदेश गएका छन् । खालिद पनि उनीहरु मध्येका एक हुन् । उनको अवस्था गनीको जस्तो छैन । उनी अमेरिकाको वासिङटन डीसीमा ट्याक्सी चलाएर आफ्नो गुजारा गरिरहेका छन् ।

बोनसका लागि प्रयास गर्दै
वासिङटन पोष्टसँगको कुराकानीमा खालिद भन्छन्,‘अघिल्लो दुुई दिनमा मैले ५० ट्रिप्स पुरा गर्नु छ । यसको बदलामा मलाई ९५ डलर बोनस प्राप्त हुन्छ । घरमा पत्नी र चार छोराछोरी छन् । केही बचत थियो । त्यसबाट पनि काम चलिरहेको छ । मेरो देश अफगानिस्तानमा अवस्था अत्यन्त खराब छ । महामारी पनि थियो नै, अब सुख्खा पर्न थालेको छ । विश्वले सबै प्रतिबन्ध लगाई दिएको छ । अर्थतन्त्र ध्वस्त भइसकेको छ र तालिबाननले महिलाको जिन्दगी खराब बनाइ दिएका छन् । जो बाइडेनले अफगानिस्तानमा तालिबानको कब्जाको टुक्रा त्यहाँको सरकारमै फोडिदिएका छन् । अमेरिकी राष्ट्रपतिले भनेका थिए,‘हामीले अफगानिस्तान सरकारलाई प्रत्येक चिज उपलव्ध गराएका थियौ । उनीहरुले आफ्नो भविष्य राम्रो बनाउनु भनेर प्रत्येक मौका दियौँ ।’

कतैको पनि भइनँ
खालिद भन्छन्,‘मेरो जिन्दगीको एक हिस्सा अफगानिस्तानमा बित्यो । अब म अमेरिकामा छु । साँचो भनौं भने अब म कतैको भइन । आफ्नो देश फर्कन सक्दिन र यहाँको पनि कुनै निश्चितता छैन । आज मलाई ४ डलर टिप्स प्राप्त भयो ।’ खालिदका अनुसार उनले तालिबानको कब्जाको केही दिन पहिले अफगानिस्तानको अर्थ मन्त्रीको पदबाट राजीनामा दिएका थिए । लेबनानको एक कम्पनीको भुक्तानी भएको थिएन र यसैका कारण राष्ट्रपति गनी उनीसँग रिसाएको उनले बताए । उनले आपूmलाई धेरै झुट सुनाएको पनि बताए ।

१५ अगस्ट पहिले देश छोडिदिएका थिए
पाएन्दाको परिवार अगस्टको पहिलो सातामै अफगानिस्तानबाट अमेरिका पुगेका थिए । उनी पनि १५ अगस्ट पहिले वासिङटन पुगेका थिए । खालिन्दा भन्छन्,‘विश्वले हामीलाई २० वर्ष दियो । सबै प्रकारको सहयोग ग¥यो । दुर्भाग्यवश हामी असफल भयौँ । भ्रष्टाचारका कारण हाम्रो व्यवस्था ताशको पत्ता जस्तै बिग्रियो । सत्यता यो हो कि हामीले आफ्नो जनतालाई धोका दियौँ । मन्त्रीहरुलाई तालिबानले देश कब्जा गर्छन् भन्ने थाहा थियो । उनी ह्वाट्सएपमा देश छोड्ने सन्देश आदान–प्रदान गरिरहेका थिए ।’

घाउलाई झनै ठूलो बनाउनु ठीक होइन
आखिरमा अफगानिस्तानमा के भएको थियो ? यो सवालमा खालिद भन्छन्,‘ यो घाउको दुखाई जस्तै हुनेछ । विशेष कुरा के छ भने मोहम्मद उमर तालिबानको शासनमा अर्थ मन्त्री हुन् र उनी खालिदको सानोका साथी पनि हुन् ।
कुनै समय पाकिस्तानमा समय बिताएका खालिदले अफगानिस्तानमा पहिलो निजी विश्वविद्यालय बनाएका थिए । अमेरिकाले अफगानिस्तानमा लोकतन्त्र, महिला अधिकार र मानवअधिकारको लामो लडाइ लडेको उनी बताउँछन् । २००८ मा खालिद पहिलो पटक अमेरिका आएका थिए । अमेरिकाले भनेकाले नै असरफ गनीले २०१६ मा उनलाई उप अर्थमन्त्री बनाएका थिए । काबुलमा उनको आमाको कोरोनाका कारण मृत्यु भएको थियो । उनको साथी र श्रीमती खालिद अर्थ मन्त्री नबनुन् भन्ने चाहन्थे । किनकी उक्त समयमा तालिबान तीव्र रुपमा बढिरहेको थियो ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑