
चैत्र,६- म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सो कारमा सवार रहेका व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल पुर्याइएको थियो । तर गम्भीर रुपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो । मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन् । यस दुर्घटनामा परी बसका केही व्यक्ति घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ । –सिन्ह्वा

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर