
चैत्र,५- धनुषामा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । शनिवार दिउँसो एक युवकको करेन्ट लागेर र अर्का एक बालकको डुबेर मृत्यु भएको हो । जनकपुरधाम उपमहानगरपालिका ११ स्थित लक्षमण अखडा बस्ने १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयवासीले उद्दार गरेका थिए । उद्दारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदा गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको मुखियापटी मुसहरनिया गाउँपालिका ६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको छ । यादवलाई आफ्नै घरमा जडान गरेको मोटरबाट पानी तानेर भैँसीलाई नुहाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर सख्त घाइते भएका उनलाई उपचारका लागि जानकी हेल्थ केयर जनकपुरमा पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर