• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

‘शंकर लामिछानेको घरमा मगमगाउँदो रक्सी पिउन साहित्यकारहरूको भीड लाग्थ्यो’

खप्तड मालिका न्युज March 19, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,५-  मदन पुरस्कार प्राप्त ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ निबन्ध सङ्ग्रह नेपाली साहित्यको मानक निबन्ध कृति हो, जसका स्रष्टा हुन् शङ्कर लामिछाने । ‘गोधूलि संसार’, ‘बिम्ब प्रतिबिम्ब’, ‘गौँथलीको गुँड’ लगायत कृति पनि उनका प्रकाशित छन् । निबन्ध विधामा मात्र होइन, जापानी साहित्य हाइकु नेपालीमा भित्र्याएको जश पनि उनलाई जान्छ ।
साहित्यिक क्षेत्रमा उचाईं हासिल गरे पनि जीवन निर्वाहका क्रममा उनले धेरै उतारचढाव व्यहोर्नुपर्यो । जीवन निर्वाहका क्रममा भौँतारिँदा उनले गुठी अड्डामा खरदार, जनसेवा सिनेमा भवनका व्यवस्थापक, घरेलु शिल्पकला बिक्री भण्डार लिमिटेडको व्यवस्थापन प्रमुख, शङ्कर ट्राभल एन्ड टुर्स तथा होटल शङ्करका प्रशासकसमेत भएर काम गरेका थिए । उनका साहित्यिक कृति जति अब्बल दर्जाका भए, व्यक्तिगत जीवनमा उनी त्यति नै अव्यस्थित र विवादित रहे । उनले धेरैसँग प्रेम गरेका प्रसङ्गहरू पनि आएका छन् ।
नेपाली साहित्यका विशिष्ट साधक शङ्कर लामिछानेको साहित्यिक जीवनका उतारचढावबारे नजिकबाट नियालेका साहित्यकार हुन् प्रकाश सायमी । उनको सम्पादनमा ‘शङ्कर स्मृति’ मात्रै प्रकाशित भएन, लामिछानेका कृति पुनः प्रकाशनमा सायमीले अभियानै चलाए । प्रस्तुत छ सायमीसँग लामिछाने र उनको लेखनीबारे केन्द्रीत रही गरिएको कुराकानी :
लेखनमा शङ्कर लामिछानेकोे खास विशेषता के थियोे ? उनका कृति पुनः प्रकाशनका लागि तपाईं किन कस्सिनु भयो ?
शङ्कर लामिछानेको विशेषता भनेको निबन्धमा पाइने ‘स्टिम अफ कन्सियसनेस’ हो । उहाँको लेखाइ समको, देवकोटाको भन्दा फरक थियो । फरक केमा भने उहाँ हरेक समयका युवाहरूका लागि लेख्नुहुन्थ्यो ।
मेरो युवा कालमा उहाँको पुस्तक कहीँ पाइनँ । त्यसपछि रत्न पुस्तक भण्डार, साझा प्रकाशन सबैलाई पुनः प्रकाशनका लागि आग्रह गरेँ । उनीहरूले बिक्दैन भने । निकाल्न सक्दैनन् भन्ने लागेपछि आफ्नै पहलमा उनका सबै कृति प्रकाशनमा ल्याएको हो । यो चाहिँ विशुद्ध मेरो एउटा पाठकीय आदराञ्जली हो ।
पहिलो पटक उहाँको पुस्तक हामीले प्रकाशन गर्दा दुई हजारप्रति प्रकाशन गरेका थियौँ । यी नेपाली पुस्तक प्रकाशनका इतिहासमा यति धेरै परिमाणमा प्रकाशन गरेको पहिलो हो । यसको प्रकाशन २०५७÷०५८ सालमा भएको हो ।
उनका ‘एब्स्ट्रयाक्ट चिन्तन : प्याज’, ‘गोधूलि संसार’, ‘बिम्ब प्रतिबिम्ब’, ‘गौँथलीको गुँड’ दुई दुई हजारप्रति प्रकाशित छन् भने ‘शङ्कर स्मृति’ मेरै सम्पादनमा प्रकाशन भएको छ । यसमा उहाँका कृतिहरूका बारेमा अरूले लेखेका सामग्री सङ्कलित छन् ।
त्यसरी उहाँलाई कुमुदिनी नामबाट आरोप लगाउने पाठक माधवप्रसाद शर्मा हुन् । पछि पत्ता लाग्यो । दुई वर्षअगाडि उहाँको पनि निधन भइसकेको छ । उहाँले जुन आरोप लागेको पत्र पठाउनुभएको थियो, त्यो ‘समीक्षा’ पत्रिकामा छापियो । पत्र बोकेर आउने चाहिँ गोविन्द शर्मा काफ्ले हुन् । उहाँले पठाएको पत्र छाप्न खोजेको चाहिँ ‘रूपरेखा’मा हो । पत्र बोकेर रूपरेखाको कार्यालय कहाँ हो भनेर मदनमणिकहाँ पुगे । मदनमणिले कुमुदिनीको हस्तलिखित पत्र देख्नेबित्तिकै यो शङ्कर लामिछानेमाथि नै होला भनेर मागेर समीक्षा पत्रिका छाप्नुभएको रहेछ ।
तपाईंले लामिछानेका किताब पुनः प्रकाशन गर्नमा कुनै टर्निङ प्वाइन्ट छ कि ?
यी किताब प्रकाशन गर्ने प्रेरणा चाहिँ अजम्बरी गीत सङ्गीत रेडियो कार्यक्रमले दियो । त्यस कार्यक्रममा एउटा निबन्ध प्रस्तुत गरेको थिएँ । एउटा श्रोताले तपाईंले मात्र पढ्ने हामीले कहिले पढ्न पाउने ? भनेर प्रश्न उठाए । अनि हाम्रो भावक प्रकाशन नेपालले यी पुस्तक प्रकाशन गरेको हो ।
अनि अजम्बरी गीतसङ्गीतमार्फत नै यो यो पुस्तक प्रकाशन भएका छन्, पढ्न चाहनेहरूले नाम टिपाउनुहोला भनेँ । विभिन्न मानिसले नाम टिपाउँथे । अनि जुन ठेगानाबाट अर्डर आयो, त्यहाँ साइकलमार्फत् घरघर किताब पुर्याउन पनि जान्थ्यौँ । काठमाडौँ, पोखरा र चितवन आफैँ गएर बेच्यौँ पनि ।
लामिछाने साहित्यिक क्षेत्रमा निकै सफल भए पनि पेसागत रूपमा असफल हुनुभएको हो ?
त्यो बेला कुनै पार्टीमा वा व्यवस्थाको समर्थनमा नलागे राम्रो जागिर पाइँदैन थियो । राम्रो जागिर नपाएपछि उहाँले विभिन्न काम गर्नुभयो । अहिले पनि एउटा पार्टी नसमाती कुनै काम गर्न सकिँदैन र त्योबेला पनि सकिँदैन थियो । उहाँको मामाले घरेलु उद्योगमा जागिर खुवाउनु भयो । मामाको जागिर गएपछि उहाँको पनि जागिर गयो । त्यसो हुनाले कहिले ट्राभल एजेन्सीमा काम गर्नुभयो, कहिले होटलमा काम गर्नुभयो ।
कुमुदिनीको एउटा पाठकपत्रले उहाँले साहित्य नलेख्ने नै घोषणा गर्नुभयो ? यो काण्ड चाहिँ के थियो ?
उहाँलाई सिर्जना चोरीको आरोप लागेपछि साहित्यबाट सन्न्यास लिएँ भन्नुभयो । अब लेख्दिनँ, त्यसो भए तपाईंले मलाई गुनासो गर्न पाउनु हुनेछैन भनेर लेख्नुभयो ।
तर उहाँको जीवनमा आर्थिक समस्या हुन थाल्यो, नलेख्ने घोषणा त गर्नुभयो तर पछि लेख्नुभयो । उहाँले अपरिचित डाक्टर भनेर फेरि लेख्न सुरु गर्नुभयो ।
त्यसरी उहाँलाई कुमुदिनी नामबाट आरोप लगाउने पाठक माधवप्रसाद शर्मा हुन् । पछि पत्ता लाग्यो । दुई वर्षअगाडि उहाँको पनि निधन भइसकेको छ । उहाँले जुन आरोप लागेको पत्र पठाउनुभएको थियो, त्यो ‘समीक्षा’ पत्रिकामा छापियो । पत्र बोकेर आउने चाहिँ गोविन्द शर्मा काफ्ले हुन् । उहाँले पठाएको पत्र छाप्न खोजेको चाहिँ ‘रूपरेखा’मा हो । पत्र बोकेर रूपरेखाको कार्यालय कहाँ हो भनेर मदनमणिकहाँ पुगे । मदनमणिले कुमुदिनीको हस्तलिखित पत्र देख्नेबित्तिकै यो शङ्कर लामिछानेमाथि नै होला भनेर मागेर समीक्षा पत्रिका छाप्नुभएको रहेछ ।
आफ्नो जीवनकालमा उहाँले धेरै कवि तथा लेखकहरूलाई साहित्यिक क्षेत्रमा ल्याउने कोसिस गर्नुभयो तर उहाँलाई पुनर्जन्म दिने कोसिस चाहिँ कसैबाट कहीँबाट भएन । तर जब उहाँका अब्स्ट्र्याक चिन्तन प्याज, गौँथलीको गुँड पुस्तकहरू प्रकाशनमा आए अनि धेरैले सम्झिए । उहाँका नाममा सङ्घ संस्थाहरू खुलेका छन् । आर्थिक घोटाला भएका कारण केही खुलेका पनि बन्द भए ।
उहाँ हजार वर्ष पछिका पाठकका लागि लेख्छु भन्नुहुन्थ्यो भनिन्छ, के यो सत्य हो ?
हजार वर्ष पछिका पाठकका लागि भनेर पढेको चाहिँ छैन । तर एउटा अन्तरवार्तामा उहाँले मेरो निबन्ध पचास वर्षपछिका युवाले अझ बढी बुझ्नेछन् भनेर पढेको छु । मेरो साहित्य सीमाहीन, समयहीन छ भनेर लेख्नुभएको हो तर पछि व्याख्या गर्नेले हजार वर्ष पुर्याइदिए ।
उहाँको निबन्ध लेखन प्रवृत्तिलाई पछ्याउने निबन्धकार को को छन् ?
उहाँका निबन्धको नक्कल गर्ने धेरै साहित्यकार छन् तर भेट्न सक्ने चाहिँ अहिलेसम्म मैले कोही देखेको छैन । ईश्वर बल्लभले पनि पछ्याएको भन्नु भएको छ । दिनेश सत्यालले पनि अलिअलि पछ्याउनु भयोे ।
विसं १९८४ चैत ५ लामिछानेको जन्म भएको थियो । जन्म जयन्तीका अवसरमा उहाँको साहित्यिक योगदानलाई नेपाली साहित्यप्रेमीले कसरी सम्झिने ?
आफ्नो जीवनकालमा उहाँले धेरै कवि तथा लेखकहरूलाई साहित्यिक क्षेत्रमा ल्याउने कोसिस गर्नुभयो तर उहाँलाई पुनर्जन्म दिने कोसिस चाहिँ कसैबाट कहीँबाट भएन । तर जब उहाँका अब्स्ट्र्याक चिन्तन प्याज, गौँथलीको गुँड पुस्तकहरू प्रकाशनमा आए अनि धेरैले सम्झिए । उहाँका नाममा सङ्घ संस्थाहरू खुलेका छन् । आर्थिक घोटाला भएका कारण केही खुलेका पनि बन्द भए ।
उहाँको लेखनकै कारण हो हामीले सम्झनुपर्छ । उहाँको जीवनशैली पनि गजबको थियो । पहिली पत्नीसँग रहँदा महँगो जीवनशैली थियो । उहाँको घरमा मगमगाउँदा रक्सी पिउन कवि साहित्यकारहरू झुम्मिन्थे । पहिली श्रीमतीसँग हुँदा आर्थिक रूपले सम्पन्न नभए पनि जीवनशैली सम्पन्न खालको थियो । तर पछि सबै भताभुङ्ग भयो ।
उहाँलाई हामी विशेष गरी निबन्धकारका रूपमा सम्झना गर्छौं । कवितामा उहाँले ल्याउनुभएको प्रयोग अझ रोचक छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑