
बाजुरा / कोल्टी : जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबारबाट दुई दिने विशेषज्ञ सहितको शिविर सुरु भएको छ । दुइ दिने निस्शुल्क स्वास्थ्य शिविर सरकारका पुर्व उद्योगमन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।बुढीनन्दा नगरपालिकाको आयोजना र गण्डकी मेडिकल कलेज पोखराको सहयोगमा उक्त शिविर संचालन गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नरेश पाध्यायले बताएका छन् । शिविरमा आँखा,दाँत,हात जोर्नी तथा नसा सम्बन्धी, महिलाको पाठेघर खस्ने,छाला, जनरल सर्जरी लगायतका सेवा प्रदान गरिने भएको छ ।

शिविरमा विशेष गरी महिलाको पाठेघर खस्नेलाई जोड दिइएको छ । शिविरमा बुढीनन्दा नगरपालिका,हिमाली गाउँपालिका,स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाका स्थानीयले सेवा पाउने भएका छन् । दुईदिनसम्म संचालन गरिने विशेषज्ञ सहितका निशुल्क स्वास्थ्य शिविरमा कर्णाली प्रदेशमा पर्ने मुगु हुम्ला र कालिकोट जिल्लाका स्थानीयले सेवा पाउने भएका हुन् ।

कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर संचालन भएपछि यहाँका स्थानीयहरु खुसी भएका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष नृप खत्रीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा पुर्व उद्योगमन्त्री कर्णबहादुर थापा रहेका थिए ।शिविरको उद्घाटन कार्यक्रममा बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरी,सूचना आयोगकी आयुक्त कमला ओली विशिष्ट अतिथी रहेका थिए ।

यस्तै कार्यक्रममा बुढीनन्दा नगरपालिका उप प्रमुख सृष्टि रेग्मी लगायत विभिन् पार्टीेका प्रमुख तथा प्रतिनिध्री, नगरपालिकाका १० वटै वडाका वडाध्यक्ष लगायत सहभागी थिए । बुढीनन्दा नगरपालिकाका कर्मचारी धर्मराज पाध्यायले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नरेश पाध्यायले गरेका हुन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर