
चैत्र,४- कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएका फिल्महरू अवस्था सामान्य भएसँगै प्रदर्शन डेट घोषणा गर्न थालेका छन् । दिनहुँ नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गरिरहँदा फिल्महरूले एउटै डेटसमेत रोज्न थालेका छन् ।

कोरोनाले असर गरेको फिल्महरू एकआपसमा डेट जुध्नु राम्रो त होइन । तर, फिल्मका निर्माता तथा वितरकहरू बिदाको समयलाई नगुमाउने मनस्थितिमा देखिन्छन् ।
एकै हप्ता दुई नेपाली फिल्मले प्रदर्शन मिति बुक गर्न थालेका छन् । यो चाप आउने वर्षको भदौमा देखिएको छ । ३ भदौमा केही दिन अगाडि ‘प्रेमगन्ज’ ले रिलिज घोषणा गरेको थियो । फिल्म १० भदौमा रिलिज गर्ने तयारी गरिए पनि उक्त डेटमा ‘पानीफोटो’ ले रिलिज हुने घोषणा गरेपछि ‘प्रेमगन्ज’ ३ भदौमा प्रदर्शन हुने तय भयो ।
यद्यपि यसको केही समयपछि १० भदौमा ‘प्रकाश’ रिलिज घोषणा भयो । कोरोना महामारीको समयमा फिल्म एकआपसमा जुध्न नहुने चर्चाकै बीच ३ भदौमा ‘कृष्ण लीला’ रिलिज घोषणा भएको छ । भदौको पहिलो हप्ता कृष्ण लीला र प्रेमगन्ज तथा दोस्रो हप्ता पानीफोटो र प्रकाश प्रदर्शनमा आउने भएका छन् । हलिउड र हिन्दी भाषाको फिल्मसँग बचेर डेट घोषणा गर्नुपर्ने बाध्यता नेपाली फिल्मका निर्मातालाई भएकाले पनि फिल्म जुध्ने गरेका छन् ।
नेपाली फिल्मका वितरकहरू हिन्दी भाषाका फिल्महरू तथा हलिउड फिल्महरूसँग नेपाली फिल्म नजुधाउन सुझाउने गरेका छन् । तर पनि नेपाली फिल्महरू आपसमा भिड्ने गरेका छन् । कोरोनाका कारण प्रदर्शन स्थगित भएका विदेशी फिल्महरू भटाभट प्रदर्शन हुने घोषणा हुँदा त्यसको प्रभाव नेपाली फिल्ममा पनि देखिएको हो ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर