
४ चैत्र, सुर्खेत – भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ ।

उनीहरु गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका थिए । लेकवेशी नगरपालिका-२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीका अनुसार भेरीगंगा नगरपालिका-११ का १२ वर्षीय कृष्ण सिंजाली र १२ वर्षीय गंगा खड्काको बिहीबार शव शव भेटिएको हो । उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
बिहीबार भेटिएको दुवै जना बालवालिकाको शव पोष्टमार्टमाका लागि मेहलकुना अस्पतालमा राखिएको डीएसपी घर्तीले बताए ।
यो समाचार आजको सेतोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर