• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रदेश १ मा माओवादीको दाबी : एक्लै ३० बढी पालिका जित्छौँ

खप्तड मालिका न्युज March 18, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,४-   नेपालको राजनीतिमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तेस्रो दलका रुपमा स्थापित छ । ०७४ सालको निर्वाचनमा माओवादीले प्रदेश १ का १३७ स्थानीय तहमध्ये ८ वटामा मात्रै जित निकाल्न सकेको थियो । यसपालि भने ३० भन्दा बढी पालिकाहरुमा एक्लै जित्ने माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) को दाबी छ ।

देशका अन्य भागमा जस्तै प्रदेश १ मा पनि नेकपा एमाले र नेपाली काँग्रेस नै दुई ठूला पार्टीमा रुपमा रहेका छन् । साथमा माओवादी,जसपा,राप्रपा जस्ता शक्तिहरु पनि यो प्रदेशमा अस्तित्वमा छन् । एमाले फुटेर बनेको एकीकृत समाजवादी नयाँ दलका रुपमा उदाएको छ । पहिचानवादी (लिम्बुवान) पार्टीका रुपमा परिचित प्रदेशसभामा एकसीट रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पनि केही स्थानीय तहमा सामान्य प्रभाव देखिन्छ ।

साना राजनीतिक पार्टीको समेत चहल–पहल रहेको प्रदेश १ मा यसपटक आफ्नो पार्टीले निकै ठूलो सुधार ल्याउने माओवादी नेताहरुको दाबी छ । ‘यो पटक हामी ३० भन्दा बढी पालिकामा एक्लै प्रतिस्पर्धा गरेर जित्छौँ,’ प्रदेश १ का अध्यक्ष नेम्वाङको भनाइ छ ।

प्रदेश १ का धेरैवटा स्थानीय तहमा माओवादीसँग गठबन्धन नगर्दा चुनाव हारिने डर काँग्रेस र एमालेका नेताहरुलाई छ । यतिसम्म कि माओवादीसँग गठबन्धन गर्नुहुँदैन भन्ने डा. शेखर कोइरालासमेत कतिपय स्थानीय तहमा अपवादकै रुपमा भए पनि माओवादी र काँग्रेस मिल्नुपर्ने बताउँछन् ।

नेकपा एमालेका नेताहरु पनि वाम गठबन्धन हुनुपर्छ भन्दै कतिपय स्थानीय तहमा माओवादीलाई फकाइरहेका छन् । प्रदेश १ का माओवादी नेताहरुमा भने गठबन्धनको विषयमा मूलतः तीनखाले धारणा पाइएका छन् : एक–एक्लै लड्ने । दुई–केन्द्रको जस्तै काँग्रेससँगै मिल्ने । र,तीन–काँग्रेसले घमण्ड गर्यो भने एमालेसँग गठबन्धन गर्ने ।

प्रदेश १ मा देखिएका यिनै राजनीतिक परिदृश्यहरुमाथि माओवादी पार्टीको धारणा बुझ्नका लागि हामीले प्रदेश १ का माओवादी अध्यक्ष हर्कबहादुर नेम्वाङसँग कुराकानी गरेका छौं –

गत फागुन २९ गते विराटनगरमा आयोजित प्रदेशस्तरीय पार्टी प्रशिक्षणमा अध्यक्ष प्रचण्डले दिनुभएको निर्देशनको सार के थियो ?

उहाँले दिएको मुख्य कुरा भनेको एक्लै चुनाव लड्ने हो । समाजवादको आधार तयार पार्न,उपलब्धीको रक्षा गर्न,शान्ति प्रक्रिया लगायतका बाँकी काम पूरा गर्न पनि माओवादीले जित्नै पर्छ । त्यसकारण पार्टीका सबै कार्यकर्ताहरूलाई चुनावमा लाग्न उहाँले आह्वान गर्नुभएको छ ।

माओवादीले प्रदेशमा चुनाव लक्षित कार्यक्रम कसरी बनाइरहेको छ ?

केन्द्रले पनि नीति बनाएको छ । प्रदेश १ ले पनि कार्यालयको बैठक बसेर नीति बनाएको छ । अन्तरपार्टी निर्देशन जारी भएको छ । त्यहाँ हाम्रो आवश्यक रणनीति उल्लेख गरेका छौं ।

तपाईहरुले कमाण्ड पनि छुट्याउनु भएको छ । यसको संरचना कस्तो हो ? यसले कसरी काम गर्छ ?

कमाण्ड भनेको केन्द्रले निर्धारण गरेको टिम हो । केन्द्रीय समिति सदस्यहरुलाई पालिकाको निर्वाचनमा सहजीकरण गर्न र अभियानको नेतृत्व गर्नका लागि खटाइएको छ । यो प्रदेश नम्बर १ मा पाँचवटा कमाण्डहरु बनाइएको छ र सोहीअनुसार पार्टी परिचालन भएको छ ।

केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले नेतृत्व गर्ने झापा,मोरङ र सुनसरीको एउटा कमाण्ड बनेको छ । धनकुटा,तेह्रथुम र संखुवासभाको हेमराज भण्डारीले नेतृत्व गर्ने कमाण्ड बनेको छ । त्यस्तै इलाम,पाँचथर र ताप्लेजुङको कमाण्ड इन्द्रबहादुर आङ्बोले गर्नुभएको छ । खोटाङ र भोजपुरको अजम्बर काङ्माङले नेतृत्व गर्नुभएको छ भने उदयपुर,ओखलढुंगा र सोलुखुम्बुको हिमाल किरातीले कमाण्ड गरिरहनुभएको छ ।

कमाण्डरले पार्टीको प्रदेश तथा पालिकास्तरका कमिटीहरुसँग कसरी कोअर्डिनेसन गर्छन् ? यसले विवाद ल्याउँदैन ?

विवाद हुँदैन । यो कमिटीगत प्रणाली होइन,यो कामको विन्यास हो । निर्वाचनमा जाँदा कसरी सहज अवस्था आउँछ,त्यसलाई मध्यनजर गरेर प्रदेश र कमाण्डबीचमा समन्वय गरेर अगाडि बढ्छौं ।

चुनावी गठबन्धनको विषयमा चाहिँ कसरी छलफल अगाडि बढिरहेको छ ?

अहिले गठबन्धनको सोच बनाएको छैन । भरसक गठबन्धन नगरी चुनावमा जाने हो । पार्टी केन्द्रको कुरा पनि त्यही छ । फेरि,गठबन्धनका सहयात्री दलहरुले पनि गठबन्धनको विषयमा त्यति राम्रो सन्देश प्रवाह गरिरहेका छैनन् । त्यसकारण गठबन्धन भइहाल्ने सम्भावना पनि छैन ।

गठबन्धनको विषयमा हाम्रो पार्टी खुल्ला छ । गठबन्धन हुँदा पनि सहयात्री दलहरुलाई नै प्राथमिकतामा राखेर गर्ने हो । त्यस बाहेकका दलसँग पनि गठबन्धन हुन सक्ने कुरालाई हामी अस्वीकार गर्दैनौं । नेकपा एमालेसँग पनि हुन सक्छ,अन्य पार्टीसँग पनि एलायन्स हुन सक्छ । तर,अहिलेसम्म हाम्रो पार्टीले एलायन्स गरेर जाने सोचेको छैन । सम्भव भएसम्म हामी एकल ढंगले जानेछौं ।

अहिले एमाले विभाजित भएको छ । प्रदेश १ एमालेको प्रभाव रहेको क्षेत्र पनि हो । तपाईहरुले चाहिँ एमालेको अवस्थालाई कस्तो पाउनुभएको छ ?

एमालेको अवस्था यही हो भन्ने देखिँदैन । पछिल्लो अवस्था हेर्दा कांग्रेस,एमाले र माओवादी प्रतिस्पर्धी पार्टी हुन् । तीन पार्टीमध्ये दुई पार्टीबीच कसले तालमेल गर्छन्,त्यही पार्टीले बाजी मार्ने भन्ने मात्रै कुरा रहयो । एमाले ठूलो शक्तिशाली छ भन्ने देखिँदैन । एमालेले जिन्दगीभर म ठूलो छु त भनि नै रहन्छ । तर,अन्तिममा तालमेल नगरी एमालेले जित्न सक्दैन ।

एमालेसँग हामी डराउँदैनौं । उसको जनमत धेरै खस्किसकेको छ । पार्टी फुटेको छ,संगठन भताभुङ्ग भएको छ । एमाले भनेको सबैभन्दा बढी हावादारी पार्टी हो । सबैभन्दा ढुलमुले,जनतालाई भ्रम छर्ने,राजनीतिक विचार भन्दा प्राविधिक कुरामा अल्झिनेखालको पार्टी भएकाले एमाले ठूलो पार्टी बन्छ भन्ने कुनै ग्यारेन्टी छैन । यो चुनावबाट एमाले नराम्रोसँगले पछारिने मैले देखेको छु ।

आफ्नो पार्टीको अवस्थाचाहिँ कस्तो देख्नुहुन्छ ? माओवादीले १ नम्बर प्रदेशमा कति जित्छ ?

हाम्रो पार्टी गुणात्मक सुधारको अवस्थामा छ । मूलतः प्रदेश १ मा हामी १३७ मध्ये ५० वटा पालिकामा एकल लड्दा पनि कांग्रेस एमालेसँग समान ढंगले प्रतिस्पर्धा गर्न सक्छौं । ३० वटा पालिकामा हामी एक्लै लड्दा पनि जित्न सक्ने अवस्था छ । गठबन्धन गर्ने हो भने कति पालिकाहरु हाम्रो पक्षमा आउँछन् भन्ने कुरा ठोस भइसकेको छैन ।

‘ओली र प्रचण्ड आत्मालोचना गरेर मिल्न सक्छन्’
काँग्रेसले विराटनगरलाई ‘कामत’ बनायो : ढकाल
​तपाईले माओवादीको अवस्था गुणात्मक सुधार भएको भन्दै गर्दा पार्टीबाट जितेका पालिकाका मेयरले ने पार्टी परित्याग गरेको देखिएको छ । अरु नेताहरुले पनि पार्टी परित्याग गरेका समाचार आइरहेका छन् नि ?

यो सामान्य कुरा हो । पार्टी अदल–बदल हुने क्रम भइरहन्छ । अब पालिकाको मेयर भनेर रंगेली नगरपालिकातिर इंगित गरेजस्तो लाग्यो । रंगेलीको मेयरको कुरा नयाँ होइन । नेकपा विभाजन भएपछि नै उहाँ एमालेतिर लाग्नुभएको हो । अब,हेर्दै जानुहोला,रंगेली नगरपालिका फेरि माओवादीले जित्छ ।

त्यस्तो जित्ने आधार के छ ? त्यहाँ त माओवादी सकियो भन्छन् नि ?

दिलिप बगडिया पार्टीको मेयर हुँदा हाम्रा १ हजार ५ सय पार्टी सदस्य हुन् । अहिले हाम्रो पार्टी सदस्य संख्या २ हजार २ सय भन्दा धेरै छ । पार्टीप्रतिको उभार धेरै छ । दिलिप बगडियाले गरेका नकारात्मक कामको प्रचार धेरै भएको छ । पार्टीको हाम्रो आधार भत्किएको छैन । यसपटक पनि हामी चुनाव जित्छौं ।

तर, यस प्रदेशका माओवादी कार्यकर्तामा अलि निराशा छ भन्ने सुनिन्छ नि ?

माओवादी निराश हुनुपर्ने कुनै कारण छैन । अब हामी अझै उत्साहित हुनुपर्छ । हाम्रो एजेण्डा लागू भइरहेको अवस्थामा हामी निराश हुनुपर्ने,कमजोर हुनुपर्ने,गल्ती महसुस गर्नुपर्ने कुनै कारण छैन । हाम्रा कार्यकर्तालाई हामीले छाती फुलाएर भएका उपलब्धीको जस लिन र निर्वाचनमा जान आह्वान गरेका छौं । कार्यकर्तालाई सक्रियताका आधारमा मूल्यांकनको उचित विधि बनाएर लागू पनि गरेका छौं । त्यसकारण पनि हाम्रो कार्यकर्ता पंक्ति उत्साहित छ भन्ने लाग्छ ।

काँग्रेसका कतिपय नेताहरुले गठबन्धनको विपक्षमा बोलिरहेको विषयलाई कसरी लिनुहुन्छ ?

कांग्रेसका साथीहरुमा घमण्ड निक्कै पलाएको छ । हामी अध्ययन गरिरहेका छौं । उहाँहरुको घमण्ड देख्दा भुइँ अलि छोड्नुभएको छ कि जस्तो देखिन्छ । कांग्रेस नेताहरुमा मात्रै होइन,केही कार्यकर्तामा पनि त्यो देखिएको छ । यसको गतिलो जवाफ यही चुनावबाटै पाउनुहुन्छ उहाँहरुले ।

यसकारण म गठबन्धनभित्रै रहेका कारण कांग्रेसलाई भन्न चाहन्छु–भुइँमा आउनुहोस्,यथार्थ धरातलमा टेक्नुहोस्,सहकार्य गर्ने,समझदारी गर्ने हो भने वार्ता छलफल गरौं,होइन भने कांग्रेससँग माओवादी पार्टी सति जान तयार छैन । कांग्रेस त सकिँदैछ । माओवादी काँग्रेससँगै गएर सकिँदैन । हामी हाम्रै बलबुँतामा,हाम्रै एजेण्डा लिएर,हाम्रै विचार लिएर,हाम्रै आधार बनाएर जनतामा जान्छौं । त्यसैमा हाम्रो पार्टीको पनि भलो छ ।

एमालेले अहिले कतिपय स्थानीय तहमा माओवादीलाई उपप्रमुख दिएर वार्तामा आउन भनिरहेको सुनिन्छ नि ?

एमालेले त्यसखालको औपचारिकरुपमा भनेको छैन । तर,कतिपय स्थानीय तहमा हाम्रा साथीहरुलाई दिग्भ्रमित बनाउने कोशीस गर्न खोजेका छन् । हामीले त्यसलाई रोक्छौं । प्रदेश समितिले पनि त्यसखालको निर्णय गरिसकेको छ । त्यसखालको कुनै पनि दलसँग छलफल गर्ने,वार्ता गर्ने र सहमति गर्ने जिम्मा प्रदेश समिति र केन्द्रलाई मात्रै छ । अहिले कुनै दलले वडाध्यक्ष दिने,उपाध्यक्ष दिने भन्ने जस्तो लोभ देखाएर कुनै स्वार्थ पूर्ति गर्न खोज्छ भने त्यो सम्भव छैन । गठबन्धन नै गर्ने भयो भने केन्द्रसँग आवश्यक सल्लाह लिएर प्रदेशले निर्णय गर्छ ।

अन्त्यमा, माओवादी पार्टीले उम्मेदवार छनोटको प्रक्रिया र विधि कस्तो बनाएको छ ?

माओवादीले अन्तरपार्टी निर्देशन पनि जारी गरिसकेको छ । लोकप्रियताका आधारमा,सिनियर र पुराना नेता,जित्नेलाई,विचार राजनीतिमा लैस भएका,जनतासँग भिजेका नेतालाई हामी चुनावमा उम्मेदवार बनाउनेछौं । उम्मेदवार छनोटको प्रक्रियाचाहिं वडाले वडास्तरमा उठ्ने उम्मेदवारको लिष्ट बनाएर सर्वसम्मत भए त्यसैलाई फाइनल गर्छ र माथिल्लो कमिटिले त्यसलाई अनुमोदन गर्छ ।

पालिकास्तरका उम्मेदवार पालिकाले सर्वसम्मत गरे त्यहीँ निर्णय गर्छ र माथिल्लो कमिटीले अनुमोदन गर्छ । सर्वसम्मत हुन नसकेमा उम्मेदवार बन्न चाहनेको सूची माथिल्लो कमिटीमा पठाउँछ र माथिल्लो कमिटीले आवश्यक सुझाव दिएर अन्तिम नामको टुंगो लगाउँछ । सबै उम्मेदवारलाई प्रदेश समितिले टिकट दिन्छ र मनोनयन हुन्छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑