
बाजुरा २ चैत्र – जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको व्यवस्थापनमा चैत्र ४ र ५ गते २ दिन निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको हो ।
शिविरमा हाडजोर्नी, गाइनोजिष्ट, नाक, कान, घाँटी र छाला सम्वन्धिको उपचार फिजिसियन रेडियोलोजिष्ट लगायतका विशेषज्ञहरुद्धारा गरिने भएको छ ।
लामो समयदेखि नाक, कान, घाँटी र छाला सम्वन्धिको रोग पालेर घरमै बसेका स्थानीय विरामीहरुलाई मध्येनजर गरेर कोल्टीमा २ दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको बुढीनन्दा नगरपालिकाकी उपप्रमख श्रष्टि रेग्मीले बताएकि छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर