• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

खप्तड मालिका न्युज March 16, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

२ चैत, विराटनगर – डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो ।

राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा २ जना युट्युबर पनि रहेको प्रहरी स्रोतले बताएको छ ।

यद्यपि प्रहरी उपरीक्षक जिसीले युट्युबरको विषयमा आफूलाई जानकारी नभएको बताए । सडक अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको बताउँदै उनले मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा टुंगो नभएको बताए ।

न्याय माग्दै आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेपछि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । ‘१८ महिने नानीको बलात्कारपछि हत्या भएको छ, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय माग्दै प्रदर्शन गर्दा प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको छ,’ महिला अधिकारकर्मी शुशीला उप्रेतीले भनिन्, ‘प्रहरीको व्यवहार पीडितमैत्री भएन ।’ उनले न्याय माग्ने महिलाहरुलाई विनाशर्त रिहा गर्नुपर्ने बताइन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । गत शुक्रबार साँझ घरबाट हराएकी नाबालिकालाई आफन्तले घर नजिकैको झाडीमा फेला पारेका थिए ।

गम्भीर अवस्थामा भेटिएकी बालिकाको राति १२ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको थियो । दुई जना दाजुभाइ हुन् ।

अजय भने सुन्दरहरैंचामा १३ फागुन २०७७ मा दुई वर्षीया बालिकाको अपहरण आरोपमा पक्राउ परेका थिए । आरोप पुष्टि नभएपछि १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङबाट छुटेका थिए । एउटा घटनाबाट उन्मुक्ती पाएको दुई महिनापछि उनकै योजनामा नाबालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले बताएको छ ।

 

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑