• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एआईजी बढुवा सिफारिसले प्रहरीमा असन्तुष्टि

खप्तड मालिका न्युज March 16, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

२ चैत, काठमाडौं – गृह मन्त्रालयले बुधबार गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा सिफारिसप्रति प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् ।

कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्र निकटका अधिकृतहरुलाई बढुवा सिफारिस गरिएको भन्दै प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट बनेको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि मन्त्रालयमा पनि असन्तुष्टि व्यक्त गरेको बताए ।

सोमबार मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरुमध्ये केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह व्यवसायिक अधिकृत मानिन्छन् । पन्त र धानुकको नाममा असन्तुष्टि बढेको हो ।

अब्बल डीआईजीहरु हुँदाहुँदै भागबण्डाको आधारमा शक्तिकेन्द्र निकटलाई अघि बढाइएको प्रति प्रहरी प्रधान कार्यालय, नक्सालको असन्तुष्टि छ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले डीआईजी घनश्याम अर्याल वा ईश्वरबाबु कार्कीमध्ये एक, धिरजप्रताप सिंह र उत्तमराज सुवेदीलाई बढुवा सिफारिस गर्न चाहेको थियो ।

तर गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । पन्त हालका आईजीपी थापासँगै १९ वैशाख २०७९ मा अनिवार्य अवकाशमा जानेछन् ।

वरियताका आधारमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिस्पर्धी थिए ।

भागरथी बलात्कारपछि हत्या प्रकरणसहितका केही ठूला अपराध अनुसन्धानमा खेलेको भूमिकाका कारण प्रशंसा पाएका सुवेदी प्रहरी प्रधान कार्यालयको रोजाइमा थिए । तर शक्तिकेन्द्रको भागबण्डामा नअटाएपछि उनी बढुवामा छुटे । पन्त सुदूपश्चिमका भएकाले बालुवाटारको कोटामा बढुवा भए, धानुकलाई बढुवा गर्न सत्तारुढ माओवादी केन्द्रको जोडबल रह्यो ।

कांग्रेसका केही नेताहरुले लुम्बिनी प्रदेशमा एमाले महासचिव शंकर पोखरेलले मुख्यमन्त्रीको शपथ लिने बेला कांग्रेस प्रमुख सेचतक निर्मला क्षेत्रीसहितका प्रदेश सांसदहरुलाई दुर्व्यवहार गरेको बताउँदै धानुकलाई बढुवा नगर्न कांग्रेसका केही नेताहरुले गृहमन्त्री बालकृष्ण खाँणलाई दबाव दिएका थिए ।

धानुक अघिल्लो पटक कांग्रेस सरकारमा भएका बेला तत्कालीन एमाले सांसद् नवराज सिलवाललाई किर्ते कसूरमा कारबाही नगरेको भनेर पनि काठमाडौं प्रहरी प्रमुखबाट हटाइएका थिए । तर अर्थमन्त्री जनार्दन शर्माको साथ पाएपछि उनले एआईजी बढुवामा बाजी मारेका थिए ।

 

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑