
बाजुरा : नेपाल सरकार रक्षा मन्त्रालयका रक्षा सचिव किरणराज शर्माले बाजुरा जिल्लाको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । कादुरी एग्रीकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालद्धारा निर्माण भएको झोलुङ्गे पुलको हेलिकप्टरबाट जिल्लाकै दुर्गम गाउँ मानिने मल्दुगुन पुगेर पुलको उद्घाटन गर्नुभएको हो ।
रक्षा सचिव र कादुरी संस्थासहितको टोली पुल उद्घाटनका लागि हेलिकप्टरबाट गौमुलको दुर्गम गाउँ मल्लोदुगुन पुगेको थियो । उक्त कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष चक्र बोहरा, बिध्यालय ब्यबेस्थापन समितिका अध्यक्ष भिम बोहरा , फुल्पाटा मा बिका प्रधानाध्यापक , केशवराज जोशी , शिक्षक नरेन्द्र बोहरा , धनराज रोकाया लगायत स्थानीयको भब्य उपस्थिती रहेको थियो । उक्त दुर्गम गाउमा नेपाल सरकारका मान्छे पहिलो पटक सार्बजनिक कामका लागि पुगेका हुन् । रक्षा सचिब पुल उद्घाटनको लागि गाउँमा पुग्दा स्थानीयले हातमा फूल दिदै बाजागाजा सहित स्वागत गरेका थिए ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर