
काठमाडौं, फागुन २९ गते – पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता सङ्गीता मिश्रका अनुसार २४ घण्टामा ६ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी १६ सय ४१ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । आइतबार पीसीआर र एन्टीजेन परीक्षणबाट ६५ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
त्यसैगरी २४ घण्टामा १९२ जनाले कोरोना जितेका छन् भने कसैकाे पनि मृत्यु भएकाे छैन । २४ घण्टामा ६८ हजार ४८८ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर चार हजार ९१४ जना सक्रिय सङ्क्रमित छन् ।
यो समाचार गोरखापत्रमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर