• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

न्यूनतम मापदण्डबिनै एम्बुलेन्स सञ्चालन

खप्तड मालिका न्युज March 13, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ, फागुन २९ गते – सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नसमेत असहज हुने यस्ता सवारीमा बिरामी कुरुवा तथा स्वास्थ्यकर्मी राख्ने स्थानसमेत पुग्दैन ।

यति मात्र होइन कतिपय सुविधा सम्पन्न अस्पतालले मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन गरे पनि बिरामीलाई चर्को मूल्य असुल्ने गरेको गुनासो आउने गरेको छ । कतिपय निजी अस्पतालले एम्बुलेन्स चालकलाई प्रभावमा पारेर सेटिङमा बिरामी ल्याउने र बिरामीबाट अनावश्यक रकम असुल्ने धन्दासमेत चलाउने गरेको पाइएको छ ।

मुलुकभर एक हजार ४६९ एम्बुलेन्स सञ्चालनमा छन् । ती एम्बुलेन्सलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ समेत जारी भएको छ तर अधिकांश एम्बुलेन्सले निर्देशिकामा तोकिएका न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन् ।

केही अस्पतालले सञ्चालन गर्ने एम्बुलेन्स सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन भए पनि अधिकांश भने सामान्य प्रक्रियासमेत पूरा नगरी सञ्चालनमा छन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा एम्बुलेन्सका रूपमा प्रयोग हुने सवारीसाधन कम्तीमा एक हजार सीसीको हुनुपर्ने, फोरह्विल र सस्पेन्सन चेन सिस्टम अनिवार्य भएको हुनुपर्ने व्यवस्था छ ।

त्यस्तै एम्बुलेन्स चालक २५ वर्ष उमेर पुगेको, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट एम्बुलेन्स चालकको तालिम लिएको, आपत्कालीन उद्धार तथा प्राथमिक स्वास्थ्य उपचारको समेत ज्ञान भएको हुनुपर्ने उल्लेख छ । आपत्कालीन सेवाअन्तर्गतको एम्बुलेन्स सेवा २४सै घन्टा सञ्चालनका लागि तयारी अवस्थामा राख्नुपर्ने, ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) र आकस्मिक चिकित्सकीय प्रविधि (ईएमटी) सेवासहितको हुनुपर्छ ।

साथै प्रत्येक एम्बुलेन्समा इमरजेन्सी मेडिकल डिस्प्याचर तालिमप्राप्त स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने उल्लेख छ । उद्धार गरिएका बिरामीलाई अस्पताल पु-याउनुअघि नै स्वास्थ्य उपचारको सहजताका लागि समन्वय केन्द्रसमेत स्थापना गर्नुपर्ने व्यवस्था छ । एम्बुलेन्सको रङ, आपत्कालीन साइरन र बत्तीमा समेत एकरूपता हुनुपर्ने र सुविधाअनुसार मन्त्रालयद्वारा सूचीकरण गरिएको वर्गीकरणसमेत स्पष्ट देखिने हुनुपर्ने उल्लेख छ ।

एम्बुलेन्स चालकको पछाडि बिरामी राख्ने भागमा कुनै सिट हुन नहुने, स्वास्थ्यकर्मी र कुरुवा बस्ने स्थान खुला रहनुपर्ने तथा सेवा शुल्कसमेत स्पष्ट देखिने गरी बिरामीसँगैको भित्री भागमा स्पष्ट देखिने गरी टाँस्नुपर्छ । यीमध्ये अधिकांश मापदण्ड अधिकांश एम्बुलेन्समा पूरा भएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्वास्थ्य अधिकृत डा. नवराज जोशीले मापदण्ड पूरा नगरेका एम्बुलेन्सलाई पुनः सञ्चालनको अनुमति नदिइने बताउनुभयो ।

अनुगमनमा समस्या
एम्बुलेन्सको मापदण्ड अनुगमन स्वास्थ्य मन्त्रालयलगायत यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई तोकिएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव दासले बिरामी बोकेर ल्याएका एम्बुलेन्सको जाँच असहज हुने बताउनुभयो । बिरामी नबोकेका कतिपय खाली एम्बुलेन्सले समेत आपत्कालीन बत्ती बाली साइरन बजाएर हुइँकिने गरेको र तीव्र गतिका कारण दुर्घटनामा समेत पर्ने गरेको उहाँले बताउनुभयो ।

राजस्व छुट, आम्दानीको धन्दा
आपत्कालीन अवस्थामा उद्धार गरी समयमै अस्पताल पु-याएर बिरामीको जीवन रक्षा गर्ने भनी सरकारबाट समेत राजस्व छुट पाएका कतिपय एम्बुलेन्स पैसा आर्जन गर्ने माध्यम बनेका छन् । कतिपय चालक लागूऔषध ओसारपसारमा समेत संलग्न भएको पाइएको छ ।मन्त्रालयले यसअघि विभिन्न संस्था र स्थानीय तहले समेत मापदण्डबिना नै एम्बुलेन्स सञ्चालन गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न निर्देशिका जारी गरेको जनाएको छ ।

गत भदौ १७ गतेदेखि लागू भएको राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार अस्पताल र स्वास्थ्य चौकी तथा नेपाल रेडक्रसबाहेक अन्य संस्थाले एम्बुलेन्स सञ्चालन गर्न अनुमति पाउने छैनन् । विगतमा अनुमति पाएका कतिपय एम्बुलेन्स मापदण्डबिना नै सञ्चालन भए पनि तिनीहरूको नवीकरण रोक्का गरिने डा. जोशीले बताउनुभयो । मन्त्रालयले प्रत्येक दुई वर्षमा यस्ता सवारीसाधनको सञ्चालन अनुमति नवीकरण गर्ने गरेको छ ।

यो समाचार गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑