
२९ फागुन, सप्तरी – सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् ।

जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ ।
खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका छन् ।
आगलागीले ९ वटा बाख्रा जलेको छ । प्रहरीका अनुसार दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मृत्यु भएको छ ।
आगलागीले झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मध्यरातमा भएको आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाबाट गएको बारुण यन्त्रले बिहान ५ बजेतिर नियन्त्रणमा लिएको थियो ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर