• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

वीरमा तीन वर्षदेखि डायलायसिसको पर्खाइमा छन् बिरामी !

खप्तड मालिका न्युज March 11, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं –वीर अस्पतालको हेमोडायलायसिस कक्षअगाडि बिरामी कुरुवाको लामो लाइन छ । बिरामीका केही आफन्त अल्मलिएझैँ गरी डायलायसिस कक्षअगाडि यताउता गरिरहेका देखिन्छन् ।

यसैबीचमा हेमोडायलायसिस कक्षभित्र छिर्न कुरिरहेका छन् रामेछापका ३७ वर्षीय वीरमान भुजेल (नाम परिवर्तन) ।

दुवै मिर्गौलाले काम गर्न छोडेकी ३१ वर्षीय श्रीमतीको निःशुल्क डायलायसिसका लागि वीरमानले नौ महिनाअगाडि वीर अस्पतालमा निवेदन दिएका थिए ।

योबीचमा उनी पालो आए नआएकोबारे एकपटक सोध्न आइपुगेका थिए । तर, कोरोना महामारीका कारण दोहो¥याएर पुनः अस्पताल आउन पाएका थिएनन् ।

“नौ महिनादेखि श्रीमती घरमा मुढोझैँ लडेकी छन् । छोराछोरी सानै छन् । म एक्लो ज्यान ज्यालादारी गर्न जाऊँ कि अस्पताल धाऔँ…।”

वीर अस्पतालको हेमोडायलायसिस वार्डमा बालबालिकादेखि वृद्धवृद्धा उपचाररत छन् ।

अस्पतालमा भएका २५ डायलायसिस मेसिनमध्ये २० सञ्चालनमा छन् । वीरमा नियमित आउने बिरामी धेरै छन् । इमर्जेन्सी बेड डायलायसिसका लागि कुरिरहेका बिरामीले भरिभराउ छन् ।

डायलायसिसका लागि खटिएका २३ जना नर्स तथा स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ छ । एक पटकमा १७ जनाका दरले चार सिफ्टमा डायलायसिस गराउँदा बिरामीको चाप थेग्न गाह्रो हुने अस्पतालले जनाएको छ । बिरामीको चाप भएका बेला दैनिक ८० जनाको मिर्गौलाको डायलायसिस गरिन्छ ।

एकजनाको सातामा तीनपटक डायलायसिस गर्नुपर्छ । वर्षमा १२ सयदेखि १४ सयसम्म डायलायसिस सेसन चलाउँदा अधिकांश नियमित बिरामीले सेवा लिइरहेका हुन्छन् ।

नियमित डायलायसिस गराइरहेका बिरामीको मिर्गौला प्रत्यारोपण वा मृत्यु भएपछि मात्रै डायलायसिस गराउने नयाँ बिरामीले बेड पाउने डायलायसिसमा खटिएकी एक नर्सले बताइन् ।

तर, अस्पतालमा निःशुल्क डायलायसिस सेवाका लागि वार्षिक एक सयभन्दा बढीको निवेदन पर्ने गरेको छ ।

तीन वर्षदेखि मिर्गौलाका बिरामी डायलायसिसका लागि वेटिङ लिस्टमा रहेको अस्पतालकी सिनियर नर्स सरिता रोकाया बताउँछिन् ।

“निवेदन त लिन्छौँ । तर, बिरामीको चापअनुसार डायलायसिस मेसिन र जनशक्ति पर्याप्त छैन । फेरि पुरानै बिरामी धेरै हुँदा नयाँ बिरामी लिनसक्ने अवस्था हुँदैन । चार सिफ्ट चलाउँदा पनि बिरामीको चाप धान्नसक्ने अवस्था छैन,” रोकाया थप्छिन्, “सरकारले मिर्गौला प्रत्यारोपणका लागि कानुनी व्यवस्था सहज बनाइदिए समस्या समाधान हुन्थ्यो ।”

नेपालमा प्रत्येक वर्ष तीन हजारजनाको मिर्गौला फेल हुने गरेको तथ्यांक छ । जसमध्ये पाँच हजारजनाको डायलायसिस भइरहेको छ ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट मात्रै वार्षिक ६ सयजनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । यसबाहेक डायलाइसिसको पहुँचमा आउन नसकेका रोगीको तथ्यांक कुनै निकायसँग छैन ।

सरकारले मिर्गौलासम्बन्धी समस्यालाई घातकरोगको वर्गमा राखेको छ । त्यस्तै, निःशुल्क डायलायसिस सेवासँगै मिर्गौला प्रत्यारोपणका लागि पाँच लाख ५० हजार रुपैयाँसम्मको उपचार सहयोग गर्ने गरेको छ ।

तर, प्रत्यारोपणपछि लाग्ने महँगो औषधि खर्चका कारण अधिकांशले डायलायसिस गराउन चाहने विशेषज्ञ बताउँछन् । ‘मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५’ अनुसार परिवारका सदस्य वा नजिकका नातेदार गरी ५२ नाता प्रमाणित भएपछि मात्रै अंग लिनदिन सकिन्छ ।

यो झन्झटिलो कानुनी व्यवस्थाले पनि प्रत्यारोपणमा थप जटिलता निम्त्याएको उनीहरूको भनाइ छ । त्यस्तै मिर्गौला प्रत्यारोपणका लागि नयाँ विकल्प अपनाउनुपर्ने अवस्था आइसकेको सरोकारवाला बताउँछन् ।

त्यस्तै, घरमै गर्न सकिने सीएपीडीजस्ता डायलायसिस विकल्पले पनि अहिले बिरामीको चापलाई घटाउन सकिने उनीहरूको भनाइ छ ।

ब्रेन डेथ भएका व्यक्तिहरूको मृत्युपश्चात् गरिने प्रत्यारोपणले पनि मिर्गौला रोगीलाई ठूलो राहत पुग्ने बताउँछन् वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकरचन्द्र श्रेष्ठ ।

दुर्घटनामा परेर मृत्यु भएकाहरूको अंग प्रत्यारोपण गर्ने हो भने कम्तीमा एकजनाको मृत्यु हुँदा दुईजनालाई बचाउन सकिने डा. श्रेष्ठ बताउँछन् ।

समुदायस्तरमा अंगदानको महत्त्व र फाइदाबारे बुझाउन सरकारले नेतृत्व लिने हो भने अंग प्रत्यारोपणमा आत्मनिर्भर बन्नसक्ने उनको दाबी छ ।

मिर्गौलाको समस्या आउन नदिनु नै मिर्गौला स्वास्थ्य क्षेत्रमा सबैभन्दा महत्वपूर्ण विषय हो । तर, अहिलेको नेपालको अवस्था हेर्दा डायलायसिसको विकल्प तथा मिर्गौला प्रत्यारोपणलाई हरेक तवरले सहज बनाउनु नै सरकाको दायित्व भएको डा. श्रेष्ठनको भनाइ छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑