
काठमाडौं- फागुन २६ गते पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार नौ हजार ३२८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ११२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४२९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । मङ्गलबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।
पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २९ हजार २८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल पाँच हजार ३४० जना सक्रिय सङ्क्रमित छन् ।
यो समाचार आजको कान्तिपुरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर