• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको निधन

खप्तड मालिका न्युज March 10, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका पहिलो व्यक्तिको मृत्यु भएको छ।

ज्यान लिने खालको मुटुको रोग लागेका डेभिड बेनेटको शरीरमा अमेरिकामा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरेको दुई महिनापछि उनको निधन भएको हो।

उनको स्वास्थ्यस्थिति केही दिन अघिदेखि बिग्रिएको बाल्टिमोरस्थित उनका चिकित्सकले बताएका छन्।

सन्ताउन्न वर्षीय बेनेटको मङ्गलवार मार्च ८ मा निधन भएको हो।

मानव शरीरमा सुँगुरको मुटु
मस्तिष्क मृत घोषित मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण
शल्यक्रियाअघि नै बेनेटलाई प्रत्यारोपणसँग सम्बन्धित जोखिमबारे थाहा थियो।

उनले त्यसलाई स्वीकार गर्दै ूयो अँध्यारोमा हानिएको गोली होू भनेका थिए।

अनुहार र दुइटै हातको सफल प्रत्यारोपण गराएका विश्वकै पहिलो व्यक्ति के भन्छन्

यूनिभर्सिटी अफ मेरील्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो।

बेनेटमा मानव मुटु प्रत्यारोपणका लागि अयोग्य थिए र प्रत्यारोपण नहुँदा उनको मृत्यु हुने थियो।

त्यसैलाई आधार मानेर त्यस्तो छुट दिइएको थियो।

शल्यक्रियाअघि उनी छ साता ओछ्यानमा विशेष उपकरणको सहायतामा बसेका थिए।

मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो।

जीएमु सुँगुर मानवका लागि अङ्गदाता
पहिलोपटक जीवित दाताको फोक्सो कोभिड बिरामीमा प्रत्यारोपण
उनको गत ज्यानुअरी ७ मा शल्यक्रिया गरिएको थियो र केही सातापछि चिकित्सकहरूले उनले आफ्नो परिवारसँग समय बिताएको बताएका थिए।

तर चिकित्सकहरूलाई निराश पार्दै उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो।

उनले साहसी र भद्र बिरामी भएको प्रमाणित गरे र सबै हिसाबले अन्तिमसम्म लडे,ू शल्यचिकित्सक बार्ट्ली पी। ग्रिफिथले भनेको अस्पतालद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ। उनले बेनेटको शल्यक्रिया गरेका थिए।

बेनेटका छोरा डेभिड जुनिअरले समाचारसंस्था एपीलाई आफ्ना पिताको प्रत्यारोपण ूआशाको सुरुवात भएको र त्यो नै अन्त्य नहुनेू आफ्नो अपेक्षा रहेको बताएका छन्।

ग्रिफिथले पहिले उक्त शल्यक्रियाले प्रत्यारोपणका लागि मानवअङ्गको अभावलाई कम गर्ने बताएका थिए।

अमेरिकामा मात्र हरेक दिन प्रत्यारोपण कुर्दाकुर्दै १७ जनाको निधन हुने गर्छ।

माग पूरा गर्न जनावरको अङ्ग प्रयोगको सम्भावनाबारे लामो समयदेखि विचार गरिँदै आएको हो र सुँगुरको मुटुको भल्भ प्रयोग गर्ने विषय सामान्य भइसकेको छ।

सन् २०२१ को अक्टोबरमा न्यूयोर्कस्थित शल्यचिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए।

त्यतिबेला उक्त शल्यक्रिया सबैभन्दा विकसित प्रयोग थियो।

यद्यपि त्यस बेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने कुनै आशा थिएन।
बीबीसी

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑