
बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिका वडा नंम्बर ३ को वडा कार्यालयको उद्धाटन गरीएको छ । उक्त कार्यालयको उद्धाटन त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले गरेका हुन् । २५ लाखको लगानीमा पाँच कोठे भवन निर्माण कार्य सम्पन्न भई बुधबार उद्धाटन गरीएको त्रिवेणी नगरपनलिका–३ का वडाध्यक्ष मिन भण्डारीले बताए । वडा कार्यालयको आफ्नै भवन निर्माण पछि जनताको काम गर्न सजिलो हुने त्रिवेणी नगरपालिका–३ का वडाध्यक्ष मिन भण्डारीको भनाई छ । आजदेखि वडाको आफ्नै भवनबाट सेवा दिदा खुसि महशुस भएको बताए । त्रिवेणी नगरपालिका–३ का वडाध्यक्ष मिन भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल रहेका थिए । कार्यक्रममा त्रिवेणी नगरपालिका नगर उप–प्रमुख राधिका देबी शुनार वडा सदस्य लगायत स्थानिहरुको सहभागिता रहेको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर