
२५ फागुन, जनकपुरधाम – अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महोत्तरीमा नेकपा माओवादी केन्द्रका पाँच जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा र राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका-३ का वडाध्यक्ष नरबहादुर खनाल र अखिल नेपाल महिला उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छाडेको बताएका छन् ।
‘एमसीसी देश र जनताको हितमा नभएपनि पार्टी नेतृत्वले त्यसलाई पारित गराउन नेतृत्वदायी भूमिका खेल्यो’ संयोजक ढुंगानाले भने, ‘यस्तो पार्टीमा बस्दैनौं ।’
उनले अरु केही नेता कार्यकर्ताले पनि पार्टी परित्याग गरेको र उनीहरु पछि सार्वजनिक हुने बताए ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर