• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

कैलालीमा युवकको टाउको छिनाल्ने मनोजको भिडियो : क्रिमिनल हो हामी क्रिमिनल

खप्तड मालिका न्युज March 9, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं – कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्त भनिएका मनोज भण्डारीलाई पक्राउ गर्न सकेको छैन ।

गएको पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेलापरेको थियोे । स्थानीय अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शव फेलापरेको हो ।

हत्यापछि अरुणलाई आफूहरूले मारेको भन्दै मनोज भण्डारी नामका एक व्यक्तिले आफूनिकट एकजनालाई गरेको टेलिफोन संवाद सार्वजनिक भएको थियो । सोही अडियोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

मनोजले आफूले अरुणलाई मारेको भनिएको अडियोमा ‘एक थप्पडको बदला लिन अरुणको हत्या’ गरिएको आशय व्यक्त गरिएको पाइएको थियो । प्रहरी अधिकारीहरूका अनुसार दासले लागुऔषध चोरेको हुन सक्ने आशंकामा हत्या गरिएको हो ।

अरुणले एक व्यक्तिलाई फोन गरेका थिए । सोही रेकर्ड बाहिरिएको थियो । घटनामा संलग्न मनोजसहितका सबै आरोपित भारतमा लुकेर बसेको प्रहरी दाबी छ ।

उनीहरूले आफ्नो अडियो बाहिर ल्याएको भन्दै एके नामका एकजनालाई सामाजिक सञ्जालको लाइभ भिडियोबाट ज्यान मार्ने धम्की दिएका छन् । भिडियो घटनाकै समयको भएको र भिडियोलाई पनि प्रहरीले प्रमाणको रूपमा लिएको छ । सो भिडियो प्रहरीका अधिकारी र केही सीमित व्यक्तिसँग मात्रै रहेको अधिकारीहरू दाबी गर्छन् ।

बाह्रखरीलाई प्राप्त भिडियोमा मनोजसहित चारजना देखिन्छन् । उनीहरू एक किराना पसलमा छन् । जहाँ मनोज सबैभन्दा बढी बोलेका छन् । एके नामका व्यक्तिलाई उनीहरूले अश्लील गाली गर्दै ज्यान मार्नेसम्मको धम्की दिएका छन् ।

प्रहरीले एके नामका व्यक्तिका बारेमा बताउन चाहेको छैन । भिडियोमा मनोजले भनेका छन्, “यी फुच्चेफाच्चीका लागि गोली खर्च गर्छन् ? तिमीहरूलाई यति सहज मृत्यु दिँदैन । तड्पाइतड्पाइ नमारे मेरो नाम मनोज होइन एके ।”

उनले आफू शान्त बसेको बताउँदै ‘तुफान आउनेवाला’ रहेको पनि भिडियोमा बोलेका छन् । उनले अगाडि भनेका छन्, “समुद्र तब शान्त हुन्छ जब तुफान आउनेवाला हुन्छ । एके, तेरा बाउ मारेको छु मैले कि श्रीमती मैले लगेको छु ? तँ एउटा मोबाइल चोरेर लुकेर बसेको छस्, दाइले के गर्‍या छ था’ होला नि ! क्रिमिनल हो हामी क्रिमिनल !”

प्रहरी अधिकारीहरूका अनुसार मनोज र दास एउटै समूहका साथीहरू हुन् । उनीहरू सँगैसँगै खाना खाने, घुम्ने र मिल्ने साथी रहेको खुलेको छ । निम्नवर्गीय परिवारका दास र मनोजको समूह लागुऔषध कारोबारी र प्रयोगकर्ता समेत हुन सक्ने प्रहरीको अनुमान छ ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑