
२५ फागुन, गोरखा – गोरखा नगरपालिका-१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

भीमसेन थापा गाउँपालिका-१ का २२ वर्षीय विकास भट्टको शव बुधबार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ ।
डोजरको सह-अपरेटरको रुपमा काम गर्दै आएका उनी मंगलबार साँझदेखि बेपत्ता थिए । नदी किनारमा मृतकको लुगा, चप्पल, मोवाइल र पैसासमेत भेटिएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।
पौडी खेल्नका लागि कपडा र पैसा किनारमा राखेर नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
स्थानीय कुलप्रसाद भट्टका अनुसार मृतक विकास केही दिनअघि मात्र डोजरमा हेल्परको रुपमा काम गर्न आएका थिए । ‘हिजो अपरेटरले डोजर चलाइरहेका बेला उनीचाहिं मोवाइल चलाउँदै नदी किनारमा हिँडिरहेका रहेछन्’ उनले भने, ‘राति एक्कासी मान्छे बेपत्ता भयो भनेर खबर आयो अनि हामी पुगेर खोज्दा पनि भेटाउन सकिएन ।’
स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पनि शव नभेटिएपछि कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट गोताखोरको टोली मगाइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर