• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पेट्रोलले ढाड सेक्दा पनि विद्युतीय बाइकलाई हेला

खप्तड मालिका न्युज March 6, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

२१ फागुन, काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य आकासिदो छ । जेठ २०७७ मा ९६ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य अहिले १५० पुगिसकेको छ । पेट्रोलको मूल्य बढिरहँदा पनि विद्युतीय मोटरसाइल तथा स्कुटरको प्रयोग गने न्युन छ ।

विद्युतीय गाडीको प्रयोग विस्तार बढ्दो छ । त्यसको तुलनामा विद्युतीय स्कूटर, मोटरसाइकलप्रतिको आकर्षण कम छ । एक पटकको चार्जबाट लामो यात्रा गर्न नसक्नु, छिटो चार्ज गर्ने प्रविधि जडान नहुनु, अधिकतम् गति (स्पीड) कमजोर हुनु र मूल्य बढी हुनु जस्ता कारणले विद्युतीय बाइक वा स्कूटर कमै प्रयोग छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिना (माघ-साउन)मा १ लाख ८९ हजार ९२७ वटा पेट्रोल बाइक नेपाल भित्रिएका छन् । यसमा १९ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ ।

विद्युतीय मोटरसाइलको आयात सारै न्युन छ । साउन-माघको अवधिमा २ हजार ६०० वटा विद्युतीय बाइक आयात भएको छ । यो आयातमा २० करोड ६४ लाख रुपैयाँ खर्च भएको छ भने सरकारले ५ करोड १ लाख राजस्व उठाएको छ ।

विद्युतीय बाइक चढिरहेका बुढानीलकण्ठका रमेश कोइरालाको अनुभवमा १३० किलोमिटर कुद्ने गरी चार्ज गर्दा ४०-४५ रुपैयाँ बराबरको बिजुली खर्च हुन्छ । पेट्रोल मोटरसाइकलमा यती दुरी पार गर्दा ६०० रुपैयाँभन्दा बढी खर्च आउँछ ।

तर विद्युतीय बाइकका सीमाहरु छन् । टाढाको यात्रा गर्न र डाँडाकाँडा जान समस्या पर्ने हुँदा धेरैले पेट्रोल बाइक नरुचाएको हुनसक्ने उनी बताउँछन् । ‘शहरमा दैनिक प्रयोजनको लागि चलाउन पेट्रोल बाइकभन्दा विद्युतीय निकै सस्तो पर्छ । धुँवा फाल्दै गुड्ने बाइकहहरुको ईभी (ईलेक्ट्रिक भेइकल) चलाउनुको मज्जा पनि छ,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘तर यसका सीमाहरू छन् । त्यसैले लामो दूरीमा यात्रा गर्नेले रुचाउँदैनन् ।’

ठाउँ-ठाउँमा चार्जिङ सेन्टर उपलब्ध हुने हो भने विद्युतीय बाइकको प्रयोग बढ्ने अर्का प्रयोगकर्ता साधुराम ढकाल बताउँछन् । एकपटक चार्ज गरेपछि लामो यात्रामा जान नसकिने कारणले नै धेरैले यसलाई नअपनाएको उनको निष्कर्ष छ । ‘सानो साइजमा पावरफूल ब्याट्रीहरूको विकास भयो र सबैतिर चार्जिङ स्टेशन बने केही वर्षमा यसको प्रयोग बढ्छ,’ ढकाल भन्छन्, ‘यसका लागि सरकारी नीति चाहिन्छ ।’ नेपालीहरू छिटो र सजिलै दौडने मोटरसाइकलमा अभ्यस्त भएकाले पनि विद्युतीय बाइकप्रति आकर्षण बढ्न नसकेको उनी बताउँछन् । केही वर्षपछि ब्याट्री फेर्दा एकैपटक ठूलो खर्च लाग्ने भएकाले पनि यसमा आकर्षण कम भएको हो ।

‘टेलजी’ ब्रान्डका विद्युतीय स्कुटर बेचिरहेको टेल-जी नेपालका सञ्चालक सञ्जीव शिल्पकार विगतको भन्दा व्यापार सुध्रँदै गएको बताउँछन् । तर सरकारको कर नीति, विद्युतीय बाइकप्रति आम बुझाइलगायत कारणले ठूलो दरमा प्रयोग बढ्न नसकेको बताउँछन् ।

सरकारले अहिले एउटा विद्युतीय बाइकमा १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट), १० हजार रुपैयाँ सडक मर्मत दस्तुर भन्सार विन्दुमै लिन्छ । जबकी २ वर्षअघिसम्म १ प्रतिशत कर तिरेर विद्युतीय बाइक नेपाल भित्र्याउन पाइन्थ्यो । ‘वार्षिक तीन हजारसम्म सवारी कर पनि लिने गरिएको छ, सरकारले कर नीतिमा पुनरावलोकन गरे मूल्य र लागत कम भएर मान्छे आकर्षित हुनसक्थे,’ शिल्पकार भन्छन्

सबै विद्युतीय बाइक, स्कूटरको बजार भने अन्य सवारीको तुलनामा निकै सानो छ । कतिपय विद्युतीय ब्रान्ड त नेपाली बजारमा टिक्न नसकेर विदा भइसकेका छन्
केही वर्षअघिसम्म आउने विद्युतीय स्कुटरहरु उकालोमा जान, लोड बोक्न नसक्ने समस्या देखेकाहरूको मनोविज्ञानमा अहिले पनि त्यही छाप रहेको उनी बताउँछन् । ‘अहिले ठाडो उकालो पनि चढ्ने विद्युतीय बाइक आइसके । तर थोरै सञ्चालन खर्च सहितका विशेषताहरू बुझाउन नसक्दा प्रयोग बढ्न सकेको छैन,’ उनले बताए ।

विद्युतीय बाइकको प्रवर्द्धन भए वार्षिक २ खर्बको इन्धन आयात घट्ने र त्यसले व्यापार घाटा कम गर्न सघाउने उनको भनाइ छ । नेपालमा उत्पादित बिजुलीको प्रयोग बढ्दा हाम्रो फोक्सो र मुटु पनि जोगिने भन्दै शिल्पकारले देशको अर्थतन्त्रलाई टेवा दिन पनि विद्युतीय दुई पांग्रेको प्रवर्द्धन अपरिहार्य रहेको बताए ।

नेपालमा कुनकुन ई-बाइक पाइन्छ ?

नेपाली बजारमा २० भन्दा बढी ब्रान्डका विद्युतीय बााइक पाइन्छन् । केही नेपालमै एसेम्बल भएका छन् भने धेरैजसो चीन तथा भारतबाट आयात हुने ब्रान्ड हुन् ।

नेपालमा ‘न्यू’ ब्रान्डको विद्युतीय बाइक बढी रुचाइएको छ । एकपटकको चार्जमा ६० देखि १४० किलोमिटरसम्म गुड्ने (रेन्ज) न्यू ब्रान्डका विद्युतीय बाइकको मूल्य २ लाख ५४ हजारदेखि ४ लाख ४५ हजार रुपैयाँसम्म पर्छ ।

त्यस्तै, ‘सुपरसोको’ ब्रान्डका विद्युतीय बाइकले एक पटकको चार्जमा ५६ देखि १३७ किमिसम्मको माइलेज दिन्छन् । ९५ किलोमिटर प्रतिघण्टासम्मको गति दिने यो ब्राण्डको बाइकको मूल्य १ लाख ८० हजारदेखि ५ लाख ९० हजारसम्म पर्छ ।

एइडा स्कुटर पनि प्रचलित ब्रान्ड हो । एक पटकको चार्जमा ८० किलोमिटरसम्म दौडिने यो ब्रान्डका स्कुटरले ६० किमि प्रतिघण्टा स्पीड दिन्छ । एइडाका बाइकको मूल्य २ लाख ३० हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्म छ ।

एलभिनिङ ब्रान्डका बाइकका अधिकतम् स्पीड प्रतिघण्टा ४५ देखि ९० किमिसम्म छ । यो ब्राण्डको बाइक एकपटक चार्ज गरेपछि ४ देखि ६ घण्टास्माम चलाउन सकिन्छ भने २ लाख २९ हजारदेखि ५ लाख ५९ हजारसम्म मूल्य छ ।

‘दुहान’ ब्रान्डसँग ७० देखि १०० किमिसम्मको रेन्ज दिने बाइकहरु छन् । ७० किमि प्रघिण्टासम्मको स्पीड दिने यो ब्रान्डका बाइकको मूल्य २ लाख ३२ हजारदेखि ३ लाख ६० हजार रुपैयाँसम्म छ ।

हिरोका इलेक्ट्रिक स्कुटर पनि नेपाली बजारमा सुपरिचित छ । ४५ किमि प्रतिघण्टा गति दिने यी स्कुटरले एक पटकको चार्जमा ८२ देखि १६५ किमिसम्मको रेन्ज दिन्छन् । ३ लाख ५० हजारदेखि ३ लाख १० हजारसम्म मूल्य छ ।

जिनियस र टेल-जी ब्रान्ड पनि नेपालमा उपलब्ध विद्युतीय मोटरसाइकल तथा स्कुटर हुन् । १२० किमि प्रतिघण्टासम्म कुद्ने यी बाइकले एकपटकको चार्जमा सय किलोटिरसम्मको रेन्ज दिन्छन् । यो ब्रान्डले १ लाख ८३ हजारदेखि ४ लाख २६ हजार रुपैयासम्ममा बाइक बेच्छ ।

‘प्योर ईभी’ विद्युतीय स्कुटरले ११६ किमि प्रतिघण्टासम्मको रेन्ज दिन्छ । अधिकतम् ६० किलोमिटर प्रतिघण्टा गति दिने यो ब्रान्डले २ लाख २९ हजार देखि २ लाख ४९ हजारसम्मको विद्युतीय स्कुटर बेच्छ ।

नेपालकै ब्रान्ड ‘यात्री मोटरसाइकल’ले एकपटकको चार्जमा ११० देखि २३० किमिसम्मको रेन्ज दिने बाइक उत्पादन गरेको छ । यो ब्रान्डले ५ लाख ६५ हजारदेखि १९ लाख ६५ हजार मूल्यसम्मका बाइक बेच्ने गरेको छ ।

सेगवे, ल्युआन नेपाल, टुनवाल ईभी, कोमाकी, टेर्रा मोटर्स, ओकिनावालगायत ब्रान्डका विद्युतीय बाइक पनि नेपाली बजारमा उपलब्ध छन् ।

यी सबै विद्युतीय बाइक, स्कूटरको बजार भने अन्य सवारीको तुलनामा निकै सानो छ । कतिपय विद्युतीय ब्रान्ड त नेपाली बजारमा टिक्न नसकेर विदा भइसकेका छन् ।

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑