
२१ फागुन, दाङ – सल्यानमा बुधबार हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् । कपुरकोट गाउँपालिका-२ भकमका ६४ वर्षीय मेवालाल नेपाली शनिबार विहान नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

मृतक नेपाली बुधबार घरबाट बाँस काट्न भन्दै जङ्गलतिर निस्किएका थिए । तर बेलुकीसम्म घर नआएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उनको खोजी गर्ने क्रममा हराएको ३ दिनपछि शनिबार मृत अवस्थामा फेला पारेको हो ।
बाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर