
बाजुरा,२१ फागुन – बाजुराको बडिमालिका नगरपालिकामा रहेको कपल्टा विमान स्थलको डिपिआर र सर्भे एक महिना भित्र सुरु हुने भएको छ । सुक्रबार बाजुराका निर्वतमान पाटी सभापती कविराज पण्डित र पुर्व सविधान सभा सदस्य तथा माननिय महानेपाली र महाधिवेशन प्रतिनिधी तथा प्रदेश समितीका सदस्य पदम बहादुर शाही लगाएतका नेताहरुको भेटघाटका क्रममा संस्कृति पर्यटन तथा नागरिक उडेनमन्त्री प्रेम बहादुर आलेले यस्तो बताएको नेविसंघ बाजुरा काठमाडांै सम्पर्क समितिका सचिव थुमराज उपाध्यायले बताए ।

कपल्टा विमान स्थलको अवस्था र नगरपालिकाले गरेको निर्णय र प्रदेश सरकारबाट विनियोजित भएको बजेटलाई ध्यानाकर्षण गराएपछी मन्त्री आलेले जबाफमा एक महिना पछी डिपिआर र सर्भेको काम सुरु गर्ने प्रतिक्रिया दिएको सचिव उपाध्यायको सामाजिक संजाल फेसबुकबाट लिएको छ ।भेटवार्तामा मन्त्रि आलेले प्रश्तावित बिमानस्थलका लागि डिपिआरको लागि बजेट विनियोजन गर्ने र नागरिक उड्डयन प्राधिकरण बाट बिज्ञ टोलि गठन गरेर सर्भे गर्ने बताएको सचिव उपाध्यायले किनारा न्युउजलाई भने ।
बाजुरेली जनताका मागहरुलाई पुरा गर्ने उदेस्य सहित बाजुराको बिकास जनताको सुख सवृद्र्धी नै आफ्नो राजनिति जिवनको प्रखुख उदेश्य हो भन्दै राजनितिमा तल्लिन निर्वतमान पार्टी सभापति कबिराज पण्डित बिमान स्थल निर्माणका लागी निकै सर्घष गरे । केहि महिना अगाडी कपल्टामा पुगेर अनुगमन गरे सभापती पण्डितले । त्यस लगतै काठमाडौं गएर जिल्लाको कपल्टामा विमान स्थल हुनुपर्छ भन्ने प्रस्ताव सहित मन्त्री आलेलाई ध्यानकर्षण गराएपछी मन्त्री आलले भन्नु भयो एक महिना पछी डिपिआर र सर्भे सुरु गर्ने बचन बद्धता गरे ।
त्यस्तैं यता बडिमालिका नगरपालिकाले कपल्टा विमान स्थाललार्इं गौरबको योजनामा समेटेको थियो भने । नगरपालिकाले पटक पटक सभाव्यता अध्ययन गर्ने भनी यसलाई प्राथमिकतामा राखेको थियो । यसमा नगरप्रमुख पदम बडुवाले निकै सघर्ष गरे । कपल्टामा बिमानस्थल बन्नुपर्छ भन्ने प्रश्तावना सहित प्रदेशमा धाए , संघमा धाए तर उहाँको संघर्ष पुरा हुने देखिएको छ । त्यस्तै प्रदेशका पुर्व मन्त्री प्रकाश शाहले पनी त्यहाँको अवस्थाको अनुगमन केहि महिना अगाडी गरेका थिए । उनले पनी विमानस्थल बनाउनु पर्छ भने बचन गरेका थिए । यो बचन पनी पुरा भयो ।
जिल्ला सदरमुकाम मार्तडी नजिकै पर्ने कपल्टा विमानस्थलको डिपिआरका लागि अनुमानित रु ३० लाख बजेट बिनियोजन गर्ने र नागरिक उड्डयन प्राधिकरण बाट बिज्ञ टोलि गठन गरेर तत्कालै सर्भे गर्ने गरि बाजुरा पठाउने मन्त्री आलेले भने । पिछडीको दुर्गम जिल्लाका रुपमा प्रख्यात बाजुरा एक हो । जिल्लामा एक मात्र विमानस्थल हुदा नागरिकहरुलाई सेवा लिन निकै सास्ती थियो । त्यसकारण जिल्लाको तल्लो क्षेत्रका नागरिकहरुलाई थप समस्या थियो ।
इमर्जन्सी विरामीहरुलाई जिल्ला अस्पपतालबाट रिफर गरेपछी गाडीमा यात्रा गर्नुपर्ने हुन्र्थो । विरामीलाई अस्पताल नपुर्याउदै बिचबाटोमा अकालमै ज्यान गुमाउनु पर्ने समस्या छ । तर जिल्लाको कपल्टामा विमान स्थल बन्नेभएपछी विरामीहरु अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता टाढा रहने नागरिकको आशा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर