• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

रासायनिक मल उद्योग खेल्ने तयारीमा बागमती प्रदेश सरकार

खप्तड मालिका न्युज March 5, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

फागुन २१, २०७८- बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । संघीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको हो ।

संघीय सरकारले रासायनिक मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै प्रदेश सरकारले उद्योग स्थापनाको विषयलाई अगाडी बढाउने तयारी गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

रासायनिक मल उद्योग स्थापनाका विषयमा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन तथा प्राविधिक परामर्श र छलफल प्रारम्भ गरेको छ । छलफलका क्रममा काठमाडौँ विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याबका संयोजक विराज सिंह थापाले कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमा हाइड्रोजनबाट युरिया मल उत्पादन गर्न सहज र कम खर्चिलो हुने उल्लेख गरिएको थियो ।

मन्त्रालयले उद्योग स्थापनाका लागि काठमाडौँ विश्वविद्यालयसँग हेटौँडामा आवश्यक प्राविधिक परामर्श समेत गरिसकेको छ । लामो समयदेखि मल उद्योग खोल्ने विषयमा अध्ययन गरिरहेको काठमाडौँ विश्वविद्यालय, धुलिखेलसँग मन्त्रालयले सरोकारवाला पक्षको उपस्थितिमा प्राविधिक परामर्श तथा छलफल भएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए ।

सचिव पाण्डेका अनुसार मल उद्योगको महत्त्व र आवश्यकता बढिरहेको अवस्थामा उद्योग स्थापनाको मोडल तयार पारेर सञ्चालन गर्न सकिन्छ भनेर मन्त्रालयले गरेको तयारीको हो ।

आगामी दिनको भविष्य हाइड्रोजनमा नै रहेकोले हाइड्रोजन, नाइट्रोजन र कार्बनडाइअक्साइडको प्रयोग गरेर मल उत्पादन गर्न प्राविधिक टोलीले सुझाव दिएका थिए । विद्युत्बाट हाइड्रोजन ग्यास बन्ने भएकाले प्राकृतिक ग्यासबाट भन्दा हाइड्रोजनबाट युरिया बनाउँदा सस्तो हुने र नेपालमा सबैभन्दा बढी हाइड्रोजन बन्न सक्ने अवस्था रहेकाले मल उत्पादनको गर्न सहज हुने उनीहरूको भनाई छ । हाइड्रोजनको प्रयोगबाट मल उत्पादन गरेर विश्व बजारमा निर्यात गर्न सकिने सम्भावना रहेको उनीहरूले भनाई छ ।

मल उद्योग स्थापनाका लागि आवश्यक जग्गा र भौतिक संरचना तथा मोडलसमेत प्रदेश सरकार निर्णय गरिसकेको छ । मल उद्योग स्थापनाको लागि विदेशी कम्पनीले पनि चासो दिएको र त्यसतर्फ प्रदेश सरकार अघि बढेको हो ।

बागमती प्रदेश सरकारको माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा तीन वटा मल कारखाना खोल्ने निर्णय गरिसकेको छ । प्रदेश सरकारले मध्यम स्तरका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ । प्रदेश सरकारले हेटौँडा, चितवन र सिन्धुलीमा मध्यम स्तरको मल उत्पादन कारखाना स्थापना गर्न अध्ययन गर्ने तयारी गरेको छ ।

नेपालमा वार्षिक रूपमा ४० अर्ब रुपैयाँ बराबरको युरिया मल आयात हुने गरेको छ । प्रदेश सरकारले मल उद्योग खोल्छ वा अध्ययन अनुसन्धानमै सरकारको बजेट सकिन्छ भन्नेमा बारे अन्यौलता भने कायम रहेको छ ।

यसरी हुन्छ मल उत्पादन

हाइड्रोजनबाट मल उत्पादनको लागि ठुलो मात्रामा विद्युत्को आपूर्ति आवश्यक हुन्छ । विद्युत्को नियमित आपूर्तिबाट हाइड्रोजन ग्यास बनाउन सकिन्छ । जसका लागि नेपाल विद्युत् प्राधिकरणले सहज रूपमा विद्युत् उपलब्ध गराउनुपर्ने हुन्छ ।

नेपालमा हाल पर्याप्त मात्रामा विद्युत् उत्पादन भइरहेको अवस्था छ । मल कारखानाको लागि आवश्यक पूर्वाधार निर्माणको लागि केही समय लाग्छ । त्यस अवधिमा पनि नेपालमा थप विद्युत् उत्पादन हुने निश्चित छ । मल उद्योगको लागि उत्पादित विद्युत्लाई प्राधिकरणले नियमित र सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने हुन्छ । उक्त विद्युत्बाट ग्यास तयार पार्ने र त्यसबाट मल उत्पादन गर्ने प्रविधि रहको छ ।

सो प्रविधि अनुसार तिन चरण पार गरेपछि मल तयार हुन्छ । विभिन्न मेसिनरी औजार तथा उपकरणको प्रयोगबाट हाइड्रोजन, नाइट्रोजन र कार्बनडाइ अक्साइडको मिश्रणबाट मल तयार पारिने छ ।

मल उद्योगको सहजताका लागि लागि प्राधिकरणले प्रतियुनिट ३ रुपैयाँका दरले विद्युत् उपलब्ध गराउनु पर्ने हुन्छ । कृषिका लागि विद्युत् प्राधिकरणले प्रतियुनिट २ रुपैयाँ ८० पैसाका दरले विद्युत् उपलब्ध गराउँदै आएको छ । सरकारले उक्त मल कारखानालाई उद्योगको रूपमा नभएर कृषि क्षेत्रको रूपमा समावेश गर्ने नीति तयार गर्न सके मल उत्पादनको खर्च घट्ने देखिन्छ ।

मल उद्योग स्थापनामा विगतको पहल

नेपालमा नै रासायनिक मल युरिया उत्पादन गर्ने विषयमा विभिन्न समयमा चर्चा हुने गरेको छ । यसअघि पनि विभिन्न चरणमा पटक–पटक रासायनिक मल उद्योग स्थापना गर्ने विषयमा अध्ययन तथा छलफल भएको देखिन्छ ।

संघीय सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्याङ्क अनुसार सन् १९८४ मा त्यति बेलाको सरकारले मल उद्योग खोल्ने योजना अनुसार छलफल सुरु गरेको थियो । तत्कालीन सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकालाई उद्योग स्थापनाको सम्भाव्यता अध्ययनका लागि अनुरोध गरेको देखिन्छ ।

त्यस समयमा थोरै लगानीमा कम उत्पादन क्षमताको मल उद्योग स्थापनाको अध्ययन भएको देखिन्छ । पर्याप्त विद्युत् नहुँदा त्यस समयमा उद्योग स्थापना हुन नसक्ने निष्कर्ष निस्कियो र उद्योग स्थापनाको योजना रद्द भयो ।

त्यस्तै सन् २०१६ मा पनि लगानी बोर्डले पनि मल उद्योग सम्भाव्यता अध्ययन गरेको देखिन्छ । त्यस समयमा बेला उद्योगका लागि पर्याप्त विद्युत् नहुनु, लागत बढी हुनु जस्ता निष्कर्ष निस्कियो र त्यो प्रयास पनि सफल भएन ।

त्यसपछि आर्थिक वर्ष २०७३÷०७४ मा पनि मल उद्योग स्थापनाको विषयले पुनः चर्चा पायो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपालमा रासायनिक मल उद्योग खोल्ने विषयलाई बजेटमा नै समावेश गरे ।

त्यस समयमा धानबालीमा हाल्ने युरिया मलको चरम अभाव खड्किएको र सरकारले मल आयात गरेर किसानलाई उपलब्ध गराउन नसकेपछि नेपालमै मल उद्योग स्थापना गर्ने विषय अघि सारिएको थियो ।

बजेटमा समावेश पनि भएको विषय अन्य उद्योगको जस्तो सहज नभएपछि रासायनिक मल उद्योग स्थापनाको योजना कार्यान्वयन हुने सकेन ।

कति लाग्छ लगानी ?

२ सय मेट्रिक टन क्षमताको रासायनिक मल उद्योग स्थापना गर्न करिब ५५ अर्ब रुपैयाँ खर्च हुने प्रदेश सरकारको अनुमान रहेको छ । प्रदेश सरकारको बजेटको आकारको सो उद्योग स्थापनाको लागि पहिलो चरणमा स्रोतको खोजीमा लाग्नु पर्ने प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री वसुन्धरा हुमागाईले बताए ।

स्रोत सुनिश्चितताको लागि आवश्यक अध्ययन गरेर त्यसको लागि रोड म्याप तयार पार्ने उनी बताउँछन् । अन्तर्राष्ट्रिय सहयोगको लागि पनि पहल गर्ने सरकारको तयारी रहेको छ ।

मल उद्योग स्थापनाको लागि सम्पूर्ण प्रक्रिया पुरा गरेर अन्तर्राष्ट्रिय टेन्डरको बारेमा पनि छलफल गर्ने मन्त्री हुमागाईले बताए । सुरुवात कुनै एकबाट हुनु पर्ने भन्दै मन्त्री हुमागाई वह वर्षे योजनामा राखेर भए पनि मल कारखाना खोल्ने तयारीमा सरकार रहेको बताउँछन् ।

‘सरकारले तत्काल मल उद्योग स्थापनाको काम सुरु गरे पनि सबै प्रक्रिया पुरा गर्न कम्तीमा ६ महिना लाग्छ । उद्योग स्थापना गरी सञ्चालन गर्न न्यूनतम पनि ३ वर्षको अवधि लाग्छ । हाम्रो बजेटले पुग्दैन तर हामीले स्रोत जुटाउन छलफल सुरु गरिसकेका छौँ ।‘ उनले भने ।

सबै प्रक्रिया पुरा गरेर सरकारले लगानी बोर्ड स्थापनाको तयारी गरेको मन्त्री हुमागाईको भनाई छ । त्यसले आवश्यक काम गरेर लगानी जुटाउन सहज हुने मन्त्री हुमागाईले बताए ।

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑