
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दूर सञ्चार सेवाप्रदायकहरूको सेवाको गुणस्तर, प्रभावकारिता र लागतसमेतको नियमित अनुगमन तथा नियमन गरी सेवाग्राहीलाई निर्दिष्ट सेवा दिलाउन नेपाल दूर सञ्चार प्राधिकरण अग्रसर हुनुपर्ने बताएका छन्।

प्राधिकरण स्थापनाको २५औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा उनले त्यस्ता सेवाप्रदायकलाई दूर सञ्चार सेवाको अनुमति लिँदाका सर्तहरू पालना गराउन प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए। मन्त्री कार्कीले प्राधिकरणसँग भएको ग्रामीण प्रविधि विकास कोषको उपयोग गरी मुलुकको सबै भागमा सुलभ सेवा उपलब्ध गराउन, दूर सञ्चार पूर्वाधारको विकास गर्न र दूर सञ्चार प्रविधिबाट सेवा प्रवाह गराउनका लागि सहजीकरण गर्न प्राधिकरणलाई आग्रह गरे।
दूर सञ्चार सेवाको विस्तारसँगै यसका जोखिमहरू पनि बढ्दै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै प्रकारका क्रियाकलाप र कारोबार डिजिटल माध्यमबाट हुने भएपछि यससँग सम्बन्धित डाटाको सुरक्षा, व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथाममा समेत प्राधिकरणले भूमिका खेल्नुपर्दछ।”
मन्त्री कार्कीले दूर सञ्चार क्षेत्रको सबलीकरणका लागि यससम्बन्धी नीति र कानूनमा समयानुकूल परिमार्जन आवश्यक देखिएको बताउँदै यो प्रक्रिया छिटो सुरु गरी सम्पन्न गर्न पनि आग्रह गरे। साथै उनले यसमा मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए। नेपालको दूर सञ्चार क्षेत्रको नियमन र सेवा प्रवाहको प्रभावकारिता वृद्धि गर्न प्राधिकरणले पु¥याएको योगदानका लागि उनले धन्यवाद दिए।
यो समाचार आजको दिनेश खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर