• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

‘पीडितको स्विकृती भएको भरमा मात्रै अपराध क्षम्य नहुने’

खप्तड मालिका न्युज March 4, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

२०७८ फागुन २०-    कुनै समयका चर्चित गायक तथा कलाकार प्रकाश ओझाले आफूसँग काम गर्ने कलाकारलाई गरेको यौन शोषण र बलात्कार सम्बन्धमा जिल्ला, तत्कालीन पुनरावेदन अदालत र सर्वोच्च अदालतले तहगत रुपमा गरेका ब्याखाले पल शाहले गरेको यौन शोषण र जबरजस्ती करणी कति गम्भिर कसुर हो भनेर बुझ्न सघाउँछ ।

गायक प्रकाश ओझा इटहरीमा ‘मदानी समूह’ चलाएर बसेका थिए । ओझाले आफूलाई विश्वास गरेकी एक किशोरीलाई काममा लगाइदिने भनी इटहरीबाट काठमाडौं ल्याए । आउजाउ हुने क्रममा उनले मदानी समूहको कार्यालयमा ती किशोरीलाई बोलाए ।

‘तैंले थाहा नपाउने गरी तैंले नुहाउन लागेको समयमा नाङ्गो फोटो खिचेको छु’ भनेर उनले फोटो देखाए र मोलमोलाई गर्न थाले । ‘धरान घोपा क्याम्पमा ठूला मान्छेहरू आउँछन्, तैंले हाँसी खुसी कुरा गर्नुपर्छ, तेरो भाग्य बन्छ’ भन्ने प्रलोभन र धम्कीका साथ उनले शारिरीक सम्पर्क राख्न थाले । अनि त्यसको पनि फोटो र भिडियो पनि खिचे ।

सर्वोच्च अदालतको अभिलेखमा रहेको पीडितको बयान अनुसार, गायक ओझाले लगातार दुई वर्ष शारिरीक शोषण गरे । अनि त्यसपछि ‘तेरो साथीहरूलाई पनि लिएर आइज, होइन भने तेरो फोटो देखाएर बेइज्जत गर्छु’ भनेर धम्क्याउन थाले । अनि पीडितकी १२ वर्षीया बहिनीलाई धरानको घोपा क्याम्प अगाडि नग्न बनाई फोटो खिचे । अति नै भएपछि १७ वर्षीया पीडितले २८ माघ २०६१ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिइन् ।

प्रहरीले गायक ओझाको साथबाट सिडी, चिप्स र फ्लपी बरामद ग¥यो । त्यहाँ अश्लील भिडियो र फोटाहरु भेटिए । बयानका क्रममा ओझाले आफूले किशोरीलाई राजीखुसी गराएर नै अश्लील फोटो र भिडियो खिचेको दावी गरे । ‘प्रलोभनमा पारेको होइन’ उनले बयानमा भनेका थिए, ‘अश्लील फोटाहरू कहीं बिक्री गरेको छैन ।’ उनले आफूले खिचेको क्यामेराबाट भिडियो र फोटो मेट्न खोजे पनि नजानेकाले लुकाई राखेको बयान दिएका थिए ।

एक महिनापछि प्रहरीले ओझामाथि जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ अनुसार सजाय मागदावी गरेर मुद्दा चलायो । अदालतमा बयानका क्रममा ओझाले पीडित किशोरीलाई २०५७ सालदेखि चिन्ने र म्युजिक भिडियोमा पनि सँगै अभिनय गराएको स्विकारे । उनले हरेक ठाउँमा डर धाक धम्की नभई सहमतीमा भिडियो खिचेको दावी गरे । पीडित किशोरीलाई उनले नै कलाक्षेत्रमा प्रवेश गराएको समेत खुल्यो ।

जिल्ला न्याायाधीश शेखरप्रसाद पौडेलले अनौठो फैसला गरे । ‘शारीरिक सम्पर्क गरी नांगा तस्वीरहरू खिचेको कामलाई वेश्यावृत्तिको रूपमा अभियोजित गरिएको वादीको अभियोग दाबी जीउ मास्ने बेच्ने (नियन्त्रण) ऐन २०४३ को दफा ४ (ग) भित्र परेको मान्न सकिने कानूनी आधार नदेखिंदा’ १० जेठ २०६३ को फैसलामा भनेका उनले भनेका छन्, ‘प्रकाश ओझाले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ ।’ न्यायाधीश पौडेलले, ‘अश्लील फोटो खिच्ने काम नेपाली समाजको धार्मिक र सामाजिक मर्यादा विपरीत भएपनि कानूनले नियन्त्रण नगरेकाले त्यसतर्फ संसदको ध्यानाकर्षण गराउनुपर्ने’ राय लेखे ।

पुनरावेदन अदालत विराटनगर झन् एक कदम अघि बढ्यो । ‘केवल तस्वीर खिचेको कार्यलाई नै वेश्यावृत्ति प्रयोजनको लागि नै गरिएको भनी तथ्ययुक्त आधारबाट पुष्टि गर्न सकेको देखिंदैन’ न्यायाधीशहरु भूपध्वज अधिकारी र जनार्दनबहादुर खड्काको ३१ असार २०६६ को फैसलामा भनिएको थियो, ‘सुनसरी जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुन्छ ।’

सर्वोच्च अदालतले जिल्ला र पुनरावेदन अदालतको फैसलामाथि विवेचना ग¥यो । गायक प्रकाश ओझाले पीडितमाथि दुई वर्षदेखि अश्लील तस्विर खिचेर शारीरिक शोषण गरेका थिए । सर्वोच्च अदालतले अश्लील भिडियो र तस्विर खिच्नुको उद्देश्यमाथि प्रश्न गयो । ‘सीडीमा संकलित गरिएका स्थिर तथा गतिशील तस्वीरहरू व्यक्तिगत प्रयोजनमा आउन नसक्ने प्रकृतिका देखिंदा आफूसँग यौनसम्पर्क राखी खिचेको फोटाबाट अश्लील चलचित्र बनाई बिक्री गर्ने प्रतिवादीको योजना रहेको भन्ने जाहेरवालाको भनाई विश्वासयोग्य देखिएको छ’ नेपाल कानून पत्रिकामा प्रकाशित नजीरमा भनिएको छ, ‘प्रकाश ओझाले अनुचित प्रभावमा पारी पीडितसँग शारीरिक सम्पर्क राख्ने, चलचित्र खिच्ने तथा स्त्री जातिको यौन अंगको प्रदर्शन गरी आर्थिक लाभ लिनका लागि गरेको कार्यलाई वेश्यावृत्तिमा लगाएको मान्नुपर्ने हुन्छ ।’

सर्वसाधारणको हित संरक्षण गर्न र समाजमा सदाचार कायम राख्न जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ जारी भएको भन्दै सर्वोच्च अदालतले प्रकाश ओझाको कामलाई कानुन विपरीको भनी ठम्यायो । पीडितको सहमतीमा नांगा फोटो खिचेको हुँ भनी गायक ओझाले दिएको बयानका आधारमा जिल्ला अदालतले उन्मुक्ती दिएको र पुनरावेदन अदालतबाट समेत सदर भएको भन्दै सर्वोच्चले त्यसलाई बदर गरेको हो ।

पीडितको स्विकृती भएको भरमा मात्रै अपराध क्षम्य नहुने भन्दै सर्वोच्च अदालतले ‘शाब्दिक व्याख्याको आडमा फौजदारी कानुनको प्रयोग नै गर्न नमिल्ने गरी त्यसलाई निष्क्रिय गर्न नमिल्ने र दण्डहीनताले प्रोत्साहन पाउन नहुने’ भनी लुकाएर अश्लील फोटो खिच्ने र बेच्ने कामलाई समेत जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन अनुसार अपराध मान्यो ।

सर्वोच्च अदालतले गायक प्रकाश ओझा जोडिएको मुद्दाको व्याख्याका क्रममा नै कलाकारिता क्षेत्रमा हुने यौन शोषण र अपराधको व्याख्या गरेको छ । गायक ओझा कालाकारका साथै निर्देशक पनि रहेको र उनले कलाकारलाई अभिनयको अवसर दिने भएकाले पनि शोषणको जोखिम बढ्ने औल्याएको थियो । ‘ग्ल्यामरको आकर्षणलाई रोक्न मुस्किल हुन्छ । भर्खरै जवानीमा खुट्टा राख्ने युवा, युवतीहरु सफल कलाकार बन्ने चाहना राख्छन्’ फैसलामा भनिएको छ, ‘निर्देशकले तथा निजहरूसँग पहुँच भएकाले राम्रो फिल्ममा रोल दिन्छु कमाई र चर्चा दुवै हुन्छ भनेर प्रभावमा लिएर सजिलै शोषण आदि गर्न सक्छन् । यस्तो घटना प्रशस्त घटेको र यसको दुष्परिणामस्वरूप कतिपय कलाकारले आत्महत्यासम्म गर्नुपरेको देखिन्छ ।’

पीडितले राजीखुसीका आधारमा अश्लील तस्विर खिच्न दिएको अनुमान गर्न नसकिने भन्दै सर्वोच्च अदालतले त्यस्ता तस्विर गायक ओझाको कब्जामा रहेकाले जहिल ेपनि सार्वजनिक हुने जोखिम हुने औल्याएको छ । फैसलामा भनिएको छ, ‘दृश्य र तस्वीरहरूको माध्यमबाट प्रतिवादीले पीडितहरूउपर नियन्त्रण राख्ने र निजहरूलाई आफ्नो इच्छानुसार काम गर्न जहिले पनि बाध्य गर्न सक्ने देखिन्छ ।’

गायक ओझाले सदाचार र नैतिकता विरूद्धको अश्लील यौन कार्य गरेको भन्दै सर्वोच्च अदालतले चलचित्र खिच्ने तथा स्त्री जातिको यौन अंगको प्रदर्शन गरी आर्थिक लाभ लिनको लागि गरेको कार्यलाई वेश्यावृत्तिमा लगाएको मान्नुपर्ने भनी व्याख्या गरेको हो । बालबालिकाको अश्लील तस्विर खिच्दा समेत तल्ला अदालतले कानुन र न्यायलाई असहाय बनाएको भन्दै सर्वोच्च अदालतले गायक ओझाको काम नरोकिएको भए उनको अपराध समुदायमा फैलिने र पीडित थप आहत हुने अनुमानका आधारमा अधिकतम ५ वर्षको कैद सजाय सुनाएको हो । त्यतिबेला उक्त ऐनमा ५ वर्षको सजाय थियो । दुई फरक मुद्दामा ५÷५ वर्षका दरले गायक ओझामाथि कैद सजाय भएपनि एकैसाथ दुवै सजाय खप्टिएकाले उनी २०७६ सालमा कैदमुक्त भएका थिए ।

माघ २०६१ देखि १० जेठ २०६३ सम्म पुर्पक्षका लागि थुनामा रहेका गायक ओझा त्यसपछि जिल्ला अदालतको फैसलाबाट सफाई पाई रिहा भएका थिए । त्यसपछि गुमनाम भएका उनी गायन र कलाकारिता क्षेत्रमा पुनर्स्थापित हुन सकेनन् । ४ माघ २०७२ मा सर्वोच्च अदालतले दोषी ठहर गरेको विवरण समेत आम तहमा पत्तो भएन, उनी अघोषित रुपमा भूमिगत हुँदै हिंडिरहे । एक वर्षपछि १४ माघ २०७३ मा एकैचोटी प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई फैसला कार्यान्वयनका क्रममा पक्राउ गरेपछि मात्रै उनले सजाय पाएको आम वृत्तमा थाहा भयो ।

अभिनेता पल शाह जोडिएका घटना पनि गायक ओझाका कतिपय क्रियाकलापसँग मिल्दोजुल्दो छन् । सेलिब्रिटीको आवरणमा आफू मातहतका कलाकारको शोषण कलाकारिता क्षेत्रमा मौलाउँदै गएको अधिवक्ता राधिका खतिवडाको भनाइ छ । ‘राजीखुसीको आवरणमा कलाकारिता भित्रको यस्तो शोषण अनुसन्धानको दायरामा आउन आवश्यक छ,’ कलाकार शाहबाट पीडित जाहेरीकर्ताको कानुनी प्रतिरक्षा गरिरहेकी खतिवडा भन्छिन्, ‘केही घटनाहरु कानुनको दायरामा आउने हो भने पनि शोषण घट्छ । त्यसैको लागि मैले पीडितको कानुनी प्रतिरक्षा गरेकी हुँ ।’

 

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑