
२० फागुन, बुटवल – नेपाली कांग्रेस बाँकेको सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुने भएको छ ।

बिहीबार भएको जिल्ला अधिवेशनमा तीन जना सभापतिमा प्रतिस्पर्धा गरेका थिए । तीनजना मध्ये बढी मत ल्याउने नारायणप्रसाद गौडेल र बादशाह कुमीबीच आज (शुक्रबार) पुनः मतदान हुने नेपाली कांग्रेस बाँकेले जनाएको छ ।
अधिवेशनमा १४४५ मत खसेकामा नारायणप्रसाद गौडेलले ५६९, बादशाह कुर्मीले ५३८ र सुरेन्द्रबहादुर हमालले ३१४ मत पाएका थिए । १४९३ मतदाता रहेकामा २४ मत बदर भएको थियो ।
गौडेल पार्टी नेता शेखर कोइराला पक्षका हुन् भने कुर्मी र हमाल पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । हमाल प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रीसमेत छन् ।
दोस्रो चरणको मतदानमा कुर्मीलाई समर्थन गरेर जिताउन हमाललाई पार्टी सभापति एवं प्रधानमन्त्री देउवाबाटै स्पष्ट निर्देशन आएको कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बताए ।
संस्थापन पक्षका दुई उम्मेदवारहरूबीच सहमतिको प्रयास भइरहेकाले १० बजेपछि जिल्ला सभापतिको लागि पुनः मतदान हुने बाल्मिकीले बताए ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर