• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मानवीय सेवामा अनेकौ प्रयास संस्थाद्धारा बडीमालिकाका पाँच सय पचास किशोरीलाई सेनेटरी प्याड वितरण

खप्तड मालिका न्युज March 4, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

May be an image of 13 people, people standing and outdoors
बाजुरा– मानवीय सेवामा अनेकौ प्रयास कैलालीको सहयोगमा बडीमालिका नगरपालिकाका पाँच सय पचास किशोरीलाई सेनेटरी प्याड बितरण गरेको छ । बडीमालिका नगरपालिकाको समन्वयमा संस्थाले नगरपालिकाका दुई वडामा पाँच सय पचास किशोरीलाई सेनेटरी प्याड सहित स्वास्थ्य सुरक्षा र सरसफाई सामग्री बितरण गरीएको मानविय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो ।
बडीमालिका नगरपालिका ८ का चार सय किशोरीलाई सेनेटरी प्याड ४ सय,साबुन ४ सय, स्याम्फु ४ सय ,नङकटर ४ सय, ब्रस ४ सय,पेप्ट ४ सय, अन्डर गाम्रेन्ट ४ सय थान लगाएत करिव ७ लाख बराबरको साम्रगि वितरण गरेको संस्थाका अध्यक्ष जोशीले बताउनुएको छ ।
त्यस्तै बडीमालिका नगरपालिकाको–२ भौनेराका एक सय पचास जना महिनावारी हुने किशोरीलाई सेनेटरी प्याड सहित अन्य स्वास्थ्य सरसफाइका सामग्री सहयोग गरेको बडीमालिका नगरपालिकाका उप प्रमुख कविता विष्टले बताउनुभयो ।
महिनावारी भएका किशोरीहरुलाई नियमित रुपमा विद्यालय जान सहजताका लागि सेनेटरी र स्वास्थ्य सरसफाईका सामग्री वितरण गरिएको नगर उप–प्रमुख विष्टले बताइन् ।
May be an image of one or more people and outdoors
बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा अनेकौ प्रयास कैलालीको सहयोगमा नगरपालिकाका दुई वडाका महिनावारी हुने किशोरी तथा महिलालाई सेनेटरी प्याड वितरण गरिएको हो ।
अध्यक्ष जोशीका अनुसार छाउपडी कु–प्रथा अन्त्य गर्नका लागि महिलाहरु सुरक्षित रुपमा रगत बग्न रोक्न र छाउको प्रथा हटाउने गरी संस्थाले नगरपालिकाका–२ र ८ वडाका पाँच सय पचास किशोरी र महिलालाई सेनेटरी प्याड, र अन्य सामग्री वितरण गरेको छ ।
किशोरी तथा महिलाहरुले छाउ भएका बेला भोग्दै आएका समस्यालाई मध्येनजर गर्दै उनीहरुलाई सुरक्षित घरमा बसाउन,पोषिलो खानेकुरा दिनका लागि छाउपडी प्रथा अन्त्य गर्न सचेतना फैलाउने उद्देश्यका साथ उक्त सामग्री वितरण गरिएको हो ।
May be an image of 10 people, people standing, people sitting and outdoors
मानवीय सेवामा अनेकौं प्रयास (साइन) नेपाल धनगढीले बिहीबार बुढीगंगा नगरपालिका–७ र ८ वडाका किशोरीहरुलाई पनि सेनेटरी प्याड सहित सरसफाईका सामग्री वितरण गर्ने भएको छ ।
साइन नेपाल कैलालीका अध्यक्ष भक्तराज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी बडीमालिका नगरपालिकाका नगर उप– प्रमुख कविता विष्ट रहनुभएको थियो ।
May be an image of 3 people, people standing and outdoors
कार्यक्रममा बडीमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्बर महत,साइन नेपाल कैलालीका कोषाध्यक्ष मेघराज भट्ट, वरिष्ठ देउडा गायक भोजराज भट्ट विशिष्ट अतिथी रहेका थिए । साइन नेपालका कोषाध्यक्ष मेघराज भट्ट ले कार्यक्रमको उद्द्ेश्य र महिनाबारी स्वच्छता र सचेतना विषयमा प्रष्ट पार्नुभएको थियो ।
संस्थाले जिल्लामा यस अघि पनि धेरै ठाउँमा सहयोग गरेको छ ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑