
बनेपाको नागीडाँडामा विमानस्थल निर्माणको अत्तोपत्तो नभए पनि विमानस्थल बन्ने हल्लाले जग्गाको मूल्य पाँच गुणाले वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलमा चाप बढेपछि काभ्रेको बनेपा नगरपालिका–११ स्थित नागीडाँडामा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिएको थियो । सो अध्ययन थालिएपछि अब छिटै विमानस्थल निर्माण हुनेमा स्थानीयवासी निकै खुसी भए । विमानस्थल निर्माण हुने क्षेत्र नजिकका जग्गाको कारोबार पनि ह्वात्तै बढ्यो । मनपरी ढङ्गले जग्गा प्लटिङ गरिए । चलनचल्तीको भन्दा निकै गुणा मूल्य वृद्धि गराइयो ।

तर अब विमानस्थल निर्माण नहुने करिब निश्चित भएको छ । विमानस्थल निर्माणको हल्लाले जग्गाको भाउ मात्र वृद्धि हुन पुगेको गुनासो स्थानीय बासिन्दाको छ । महँगोमा जग्गा किन्नेका लागि यति बेला माछो माछो भ्यागुतोको अवस्था सिर्जना हुन पुगेको छ । बनेपा नगरपालिका–११ का वडाध्यक्ष शिवराम थापाले विभिन्न व्यक्ति र राजनीतिक स्वार्थकै कारण विमानस्थल निर्माण प्रक्रिया अवरुद्ध भएको बताउँदै भन्नुभयो, “विमानस्थल बनेन । जग्गाको भाउ मात्र बढ्यो । जथाभावी प्लटिङ भए ।”
स्थानीय राजेन्द्र थापाले त्यस क्षेत्रमा विगतमा प्रतिरोपनी सरदर पाँच लाख रुपियाँ पर्ने जग्गालाई २५ लाख रुपियाँसम्म कारोबार भएको बताउँदै विमानस्थल बन्ने हल्लाले सीमित व्यक्तिलाई फाइदा पुग्यो, सर्वसाधारण मर्कामा परे भन्नुभयो ।
विभिन्न समयमा धुलिखेलको ठूलीचौर, चिसापानी र बनेपाको नागीडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरिएको थियो । ती स्थलको २०७५ वैशाखमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी नेतृत्वको टोलीले स्थलगत भ्रमण गरेको थियो । त्रिभुवन विमानस्थलमा हवाई चापका कारण समस्या उत्पन्न भएको भन्दै १५ दिनभित्रै उपयुक्त स्थान छनोटका लागि प्रतिवेदन पेस गर्न इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा छ सदस्यीय सुझाव टोली गठन गरिएको थियो । टोली निर्माणसँगै तत्कालीन मन्त्री अधिकारीले प्राविधिक, भौगोलिक र आर्थिक हिसाबले उपयुक्त स्थान छनोट गरी तुरुन्तै निर्माणको प्रक्रिया अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यो समाचार आजको रातोपाटीमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर