
जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको परीक्षा सारिएपछि विरोधमा विद्यार्थीले तोडफोड गरेका छन् । गत बुधबार तय भएको परीक्षा सारिएको विरोधमा वीवीए प्रथम वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विरोध गर्दै विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन् । बिना सूचना परीक्षा सारिएको आक्रोशित विद्यार्थीको भनाइ छ ।

विश्वविद्यालयले पटक(पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरिएको विद्यार्थी आनन्द सहनीले बताए । ‘हामी परीक्षा दिन ११ बजे नै कलेज पुग्यो । तर, त्यहाँ परीक्षा स्थगित गरिएको सूचना टाँसिएको थियो । किन परीक्षा स्थगित भएको होला भन्ने जानकारी गराउन विश्व विद्यालयका कुनै व्यक्ति भेटिएन, प्रशासन शाखामा पनि कोही थिएनन् । त्यसपछि आक्रोशित विद्यार्थी नाराबाजी गर्दै तोडफोड गर्न पुगे,’ उनले भने ।
६ महिनाभित्रै हुनुपर्ने समेस्टरको परीक्षा १ वर्ष बित्न लागे पनि आफूहरूले दिन नपाएको भन्दै उनले भने, ‘समयमा परीक्षा नलिएर विश्वविद्यालयले आफूहरूको जीवनसँग खेलबाड गरिरहेको छ । परीक्षाको सूचना पटक(पटक निकाल्छ र पटक(पटक स्थगित पनि गर्छ । त्यस्तोमा आफूहरूको भविष्य कस्तो होला रुु
विद्यार्थीले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेको प्रहरीले जनाएका छन् । तोडफोड गरेको आरोपमा चार जना विद्यार्थीलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।
यो समाचार आजको रातोपाटीमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर